Bible

Psalm 21 - YLT (Nepali)

1 To the Overseer. -- A Psalm of David. Jehovah, in Thy strength is the king joyful, In Thy salvation how greatly he rejoiceth.हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।

2 The desire of his heart Thou gavest to him, And the request of his lips Thou hast not withheld. Selah.तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए। हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे, र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

3 For Thou puttest before him blessings of goodness, Thou settest on his head a crown of fine gold.हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो। तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।

4 Life he hath asked from Thee, Thou hast given to him -- length of days, Age-during -- and for ever.हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा सर्वदाको निम्ति जारी रहनेछ।

5 Great `is' his honour in Thy salvation, Honour and majesty Thou placest on him.तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।

6 For Thou makest him blessings for ever, Thou dost cause him to rejoice with joy, By Thy countenance.हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो। जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दमय पार्दछ।

7 For the king is trusting in Jehovah, And in the kindness of the Most High He is not moved.राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।

8 Thy hand cometh to all Thine enemies, Thy right hand doth find Thy haters.हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।

9 Thou makest them as a furnace of fire, At the time of Thy presence. Jehovah in His anger doth swallow them, And fire doth devour them.हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।

10 Their fruit from earth Thou destroyest, And their seed from the sons of men.शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट गए।

11 For they stretched out against Thee evil, They devised a wicked device, they prevail not,किन? किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।

12 For Thou makest them a butt, When Thy strings Thou preparest against their faces.हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो। तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो। तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो तिनीहरूलाई जस्तै दासहरू शिर झुकाएर बस्ने पार्नु भयो।

13 Be Thou exalted, O Jehovah in, Thy strength, We sing and we praise Thy might!हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ! हामी तपाईंको महा शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौ।

Nepali Bible