Bible

Psalm 21 - ASV (Nepali)

1 The king shall joy in thy strength, O Jehovah; And in thy salvation how greatly shall he rejoice!हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।

2 Thou hast given him his heart's desire, And hast not withholden the request of his lips. Selahतपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए। हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे, र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

3 For thou meetest him with the blessings of goodness: Thou settest a crown of fine gold on his head.हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो। तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो।

4 He asked life of thee, thou gavest it him, Even length of days for ever and ever.हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा सर्वदाको निम्ति जारी रहनेछ।

5 His glory is great in thy salvation: Honor and majesty dost thou lay upon him.तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।

6 For thou makest him most blessed for ever: Thou makest him glad with joy in thy presence.हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो। जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दमय पार्दछ।

7 For the king trusteth in Jehovah; And through the lovingkindness of the Most High he shall not be moved.राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।

8 Thy hand will find out all thine enemies; Thy right hand will find out those that hate thee.हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ।

9 Thou wilt make them as a fiery furnace in the time of thine anger: Jehovah will swallow them up in his wrath, And the fire shall devour them.हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।

10 Their fruit wilt thou destroy from the earth, And their seed from among the children of men.शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट गए।

11 For they intended evil against thee; They conceived a device which they are not able to perform.किन? किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।

12 For thou wilt make them turn their back; Thou wilt make ready with thy bowstrings against their face.हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो। तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो। तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो तिनीहरूलाई जस्तै दासहरू शिर झुकाएर बस्ने पार्नु भयो।

13 Be thou exalted, O Jehovah, in thy strength: So will we sing and praise thy power. Psalm 22 For the Chief Musician; set to Aijaleth hash-Shahar. A Psalm of David.हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ! हामी तपाईंको महा शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौ।

Nepali Bible