Psalm 19 - DBY (Nepali)
1 {To the chief Musician. A Psalm of David.} The heavens declare the glory of ùGod; and the expanse sheweth the work of his hands.स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
2 Day unto day uttereth speech, and night unto night sheweth knowledge.प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ। अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
3 There is no speech and there are no words, yet their voice is heard.तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ। उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
4 Their line is gone out through all the earth, and their language to the extremity of the world. In them hath he set a tent for the sun,तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुँन्छ।
5 And he is as a bridegroom going forth from his chamber; he rejoiceth as a strong man to run the race.घाम एक र्हषित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ। घाम एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
6 His going forth is from the end of the heavens, and his circuit unto the ends of it; and there is nothing hid from the heat thereof.घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ। यसको तापबाट केही पनि लुक्दैन। परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।
7 The law of Jehovah is perfect, restoring the soul; the testimony of Jehovah is sure, making wise the simple;परमप्रभुका शिक्षाहरू अतिऊत्म् छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
8 The precepts of Jehovah are right, rejoicing the heart; the commandment of Jehovah is pure, enlightening the eyes;परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउदछन्।
9 The fear of Jehovah is clean, enduring for ever; the judgments of Jehovah are truth, they are righteous altogether:परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।
10 They are more precious than gold, yea, than much fine gold; and sweeter than honey and the dropping of the honeycomb.परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 Moreover, by them is thy servant enlightened; in keeping them there is great reward.परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौ भने असल चिजहरू आउँछन्।
12 Who understandeth [his] errors? Purify me from secret [faults].हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्। यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 Keep back thy servant also from presumptuous [sins]; let them not have dominion over me: then shall I be perfect, and I shall be innocent from great transgression.मैले चाहेका पापहरू गर्न नलगाउनु होस्। ती पापले ममाथि राज नगरोस्। यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 Let the words of my mouth and the meditation of my heart be acceptable in thy sight, O Jehovah, my rock, and my redeemer.आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला। परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।
Nepali Bible