Bible

Psalm 19 - BBE (Nepali)

1 <To the chief music-maker. A Psalm. Of David.> The heavens are sounding the glory of God; the arch of the sky makes clear the work of his hands.स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।

2 Day after day it sends out its word, and night after night it gives knowledge.प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ। अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।

3 There are no words or language; their voice makes no sound.तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ। उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।

4 Their line has gone out through all the earth, and their words to the end of the world. In them has he put a tent for the sun,तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ। तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्। घामको लागि आकाश घर सरह हुँन्छ।

5 Who is like a newly married man coming from his bride-tent, and is glad like a strong runner starting on his way.घाम एक र्हषित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ। घाम एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।

6 His going out is from the end of the heaven, and his circle to the ends of it; there is nothing which is not open to his heat.घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ। यसको तापबाट केही पनि लुक्दैन। परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।

7 The law of the Lord is good, giving new life to the soul: the witness of the Lord is certain, giving wisdom to the foolish.परमप्रभुका शिक्षाहरू अतिऊत्म् छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।

8 The orders of the Lord are right, making glad the heart: the rule of the Lord is holy, giving light to the eyes.परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउदछन्।

9 The fear of the Lord is clean, and has no end; the decisions of the Lord are true and full of righteousness.परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।

10 More to be desired are they than gold, even than much shining gold; sweeter than the dropping honey.परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।

11 By them is your servant made conscious of danger, and in keeping them there is great reward.परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौ भने असल चिजहरू आउँछन्।

12 Who has full knowledge of his errors? make me clean from secret evil.हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्। यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।

13 Keep your servant back from sins of pride; let them not have rule over me: then will I be upright and free from great sin.मैले चाहेका पापहरू गर्न नलगाउनु होस्। ती पापले ममाथि राज नगरोस्। यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।

14 Let the words of my mouth and the thoughts of my heart be pleasing in your eyes, O Lord, my strength and my salvation.आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला। परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

Nepali Bible