Bible

Psalm 18 - ASV (Nepali)

1 I love thee, O Jehovah, my strength.उनले भने, “हे परमप्रभु, मेरो शक्ति ले म तपाईंलाई प्रेम गर्छु!”

2 Jehovah is my rock, and my fortress, and my deliverer; My God, my rock, in whom I will take refuge; My shield, and the horn of my salvation, my high tower.परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।” मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थल हुनुहुन्छ।

3 I will call upon Jehovah, who is worthy to be praised: So shall I be saved from mine enemies.तिनीहरूले खिल्ली उडाए। तर मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ, अनि म मेरो शत्रुहरूबाट बाँचे।

4 The cords of death compassed me, And the floods of ungodliness made me afraid.मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।

5 The cords of Sheol were round about me; The snares of death came upon me.चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो।

6 In my distress I called upon Jehovah, And cried unto my God: He heard my voice out of his temple, And my cry before him came into his ears.म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।

7 Then the earth shook and trembled; The foundations also of the mountains quaked And were shaken, because he was wroth.पृथ्वी र्थकियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किन? किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!

8 There went up a smoke out of his nostrils, And fire out of his mouth devoured: Coals were kindled by it.परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो। परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।

9 He bowed the heavens also, and came down; And thick darkness was under his feet.परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।

10 And he rode upon a cherub, and did fly; Yea, he soared upon the wings of the wind.परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो।

11 He made darkness his hiding-place, his pavilion round about him, Darkness of waters, thick clouds of the skies.परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो।

12 At the brightness before him his thick clouds passed, Hailstones and coals of fire.त्यसपछि, परमेश्वरको तेजिलो चमकले त्यो कालो बादलहरू फटाई दिनुभयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए!

13 Jehovah also thundered in the heavens, And the Most High uttered his voice, Hailstones and coals of fire.परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।

14 And he sent out his arrows, and scattered them; Yea, lightnings manifold, and discomfited them.परमप्रभुले आफ्नो काँड हिर्काउनु भयो र शत्रुहरूलाई छरपस्ट पारीदिनु भयो। परमप्रभुले धेरै बज्रहरू फ्याँक्नु भयो अनि मानिसहरू अलमल्ल भएर छरिए।

15 Then the channels of waters appeared, And the foundations of the world were laid bare, At thy rebuke, O Jehovah, At the blast of the breath of thy nostrils.परमप्रभु, तपाईंले आफ्नो आदेश दिनु भयो अनि शक्तिशाली हावा बहन थाल्यो। पानी पछाडी गयो अनि हामीले समुद्रको पिंध देख्न सक्छौं। हामीले पृथ्वीको पिंध देख्न सक्यौं।

16 He sent from on high, he took me; He drew me out of many waters.परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउनु भयो। परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।

17 He delivered me from my strong enemy, And from them that hated me; for they were too mighty for me.मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे। मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।

18 They came upon me in the day of my calamity; But Jehovah was my stay.म विपत्तिमा थिएँ, र मेरा शत्रुहरू ममाथि आइलागे। तर परमप्रभु मेरो सहयोगको लागि त्यहाँ हुनुहुन्थ्यो!

19 He brought me forth also into a large place; He delivered me, because he delighted in me.परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।

20 Jehovah hath rewarded me according to my righteousness; According to the cleanness of my hands hath he recompensed me.म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिड्ढति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ।

21 For I have kept the ways of Jehovah, And have not wickedly departed from my God.किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु! मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।

22 For all his ordinances were before me, And I put not away his statutes from me.म सधैं उहाँको निर्णयहरूलाई सम्झना गर्छु। म उहाँको नियमहरू मान्दछु!

23 I was also perfect with him, And I kept myself from mine iniquity.म उहाँसँग पवित्र र ईमान्दार थिएँ, मैले अधर्मका कामहरू गर्नदेखि आफूलाई अलग राखें।

24 Therefore hath Jehovah recompensed me according to my righteousness, According to the cleanness of my hands in his eyesight.यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ। किन? किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिन। यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।

25 With the merciful thou wilt show thyself merciful; With the perfect man thou wilt show thyself perfect;हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँचो छ भने तपाईं पनि ऊ प्रति साँचो हुनुहुनेछ।

26 With the pure thou wilt show thyself pure; And with the perverse thou wilt show thyself froward.हे परमप्रभु, तपाईं धार्मिक र शुद्ध मानिसहरूका लागि धार्मिक अनि शुद्ध हुनुहुन्छ। तर कपटीहरूका निम्ति तपाईं अझै कपटीपूर्ण कार्य गर्नु हुन्छ।

27 For thou wilt save the afflicted people; But the haughty eyes thou wilt bring down.हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।

28 For thou wilt light my lamp: Jehovah my God will lighten my darkness.हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्। मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!

29 For by thee I run upon a troop; And by my God do I leap over a wall.परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।

30 As for God, his way is perfect: The word of Jehovah is tried; He is a shield unto all them that take refuge in him.परमेश्वरको शक्ति पूर्ण छ। उहाँको वचन प्रमाणित भएको छ। उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।

31 For who is God, save Jehovah? And who is a rock, besides our God,त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।

32 The God that girdeth me with strength, And maketh my way perfect?परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।

33 He maketh my feet like hinds' `feet': And setteth me upon my high places.परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।

34 He teacheth my hands to war; So that mine arms do bend a bow of brass.परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ। यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।

35 Thou hast also given me the shield of thy salvation; And thy right hand hath holden me up, And thy gentleness hath made me great.परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।

36 Thou hast enlarged my steps under me, And my feet have not slipped.मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।

37 I will pursue mine enemies, and overtake them; Neither will I turn again till they are consumed.त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!

38 I will smite them through, so that they shall not be able to rise: They shall fall under my feet.म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्। सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।

39 For thou hast girded me with strength unto the battle: Thou hast subdued under me those that rose up against me.हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।

40 Thou hast also made mine enemies turn their backs unto me, That I might cut off them that hate me.तपाईंले मलाई मेरा शत्रुहरूका घिच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।

41 They cried, but there was none to save; Even unto Jehovah, but he answered them not.मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभु समेतलाई गुहारे तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।

42 Then did I beat them small as the dust before the wind; I did cast them out as the mire of the streets.मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें। तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए। मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।

43 Thou hast delivered me from the strivings of the people; Thou hast made me the head of the nations: A people whom I have not known shall serve me.मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन। मलाई जातिहरूका अगुवा बनाउनु होस्। मलाई नजान्ने मानिसहरूले पनि मेरो सेवा गर्नेछन्।

44 As soon as they hear of me they shall obey me; The foreigners shall submit themselves unto me.ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्। ती विदेशीहरू मदेखि भयभित हुनेछन्।

45 The foreigners shall fade away, And shall come trembling out of their close places.ती विदेशीहरू डरले काम्नेछन्। तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्।

46 Jehovah liveth; and blessed be my rock; And exalted be the God of my salvation,परमप्रभु जीवित हुनुहुन्छ, म मेरो चट्टानलाई प्रशंसा गर्छु। परमेश्वरले मलाई बचाउनु हुन्छ किनभने उहाँ महान् हुनुहुन्छ!

47 Even the God that executeth vengeance for me, And subdueth peoples under me.मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।

48 He rescueth me from mine enemies; Yea, thou liftest me up above them that rise up against me; Thou deliverest me from the violent man.हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए, तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो। मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो।

49 Therefore I will give thanks unto thee, O Jehovah, among the nations, And will sing praises unto thy name.हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु। यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु।

50 Great deliverance giveth he to his king, And showeth lovingkindness to his anointed, To David and to his seed, for evermore. Psalm 19 For the Chief Musician. A Psalm of David.परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ! उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ। उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।

Nepali Bible