Psalm 144 - BBE (Nepali)
1 <A Psalm. Of David.> Praise be to the God of my strength, teaching my hands the use of the sword, and my fingers the art of fighting:परमप्रभु मेरो चट्टान हुनुहुन्छ, परमप्रभुको प्रशंसा गर। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
2 He is my strength, and my Rock; my high tower, and my saviour; my keeper and my hope: he gives me authority over my people.परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।
3 Lord, what is man, that you keep him in mind? or the son of man that you take him into account?हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्? किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
4 Man is like a breath: his life is like a shade which is quickly gone.मानिसको जीवन मात्र हावाको झोंका हो। मानिसको जीवन अस्थायी छाया जस्तो मात्र हो।
5 Come down, O Lord, from your heavens: at your touch let the mountains give out smoke.हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस् पर्वतहरूमा हुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
6 With your storm-flames send them in flight: send out your arrows for their destruction.परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई धपाई भगाउनु होस्। तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
7 Put out your hand from on high; make me free, take me safely out of the great waters, and out of the hands of strange men;परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्! मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
8 In whose mouths are false words, and whose right hand is a right hand of deceit.ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन तिनीहरू सत्य छैनन्।
9 I will make a new song to you, O God; I will make melody to you on an instrument of ten cords.हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक कुराहरूका बारेमा। म एक नयाँ गीत गाउने छु म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
10 It is God who gives salvation to kings; and who kept his servant David from the wounding sword.परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
11 Make me free, and take me out of the hands of strange men, in whose mouths are false words, and whose right hand is a right hand of deceit.मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झुटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।
12 Our sons are like tall young plants; and our daughters like the shining stones of a king's house;हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
13 Our store-houses are full of all good things; and our sheep give birth to thousands and ten thousands in our fields.हाम्रो भण्डारहरू नाना प्रकारका अन्नहरूले भरिएका छन्। त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेडाहरू छन्।
14 Our oxen are well weighted down; our cows give birth safely; there is no going out, and there is no cry of sorrow in our open places.हाम्रा सैन्यहरू सुरक्षित छन्। कुनै शत्रुले पनि भत्काउने चेष्टा गरिरहेको छैन्। हामी युद्ध गर्न गइरहेका छैनौं। युद्धमा शिकार भएकाहरू हाम्रो गल्लीमा चिच्याई रहेका छैनन्।
15 Happy is the nation whose ways are so ordered: yes, happy is the nation whose God is the Lord.समयमा यसरी नै मानिसहरू खुशी छन्। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,मानिसहरू खुशी हुन्छन्।
Nepali Bible