Psalm 139 - BBE (Nepali)
1 <To the chief music-maker. A Psalm. Of David.> O Lord, you have knowledge of me, searching out all my secrets.हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो। तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
2 You have knowledge when I am seated and when I get up, you see my thoughts from far away.म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ। धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
3 You keep watch over my steps and my sleep, and have knowledge of all my ways.परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ। मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
4 For there is not a word on my tongue which is not clear to you, O Lord.हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
5 I am shut in by you on every side, and you have put your hand on me.हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर। तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।
6 Such knowledge is a wonder greater than my powers; it is so high that I may not come near it.तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें, मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
7 Where may I go from your spirit? how may I go in flight from you?म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुँन्छ। हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।
8 If I go up to heaven, you are there: or if I make my bed in the underworld, you are there.हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पाताल तर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
9 If I take the wings of the morning, and go to the farthest parts of the sea;परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गए भने, तपाईं त्यतै तिर हुनुहुन्छ। यदि म पश्चिम समुद्र तिर गए तपाईं त्यतै तिर हुनुहुन्छ।
10 Even there will I be guided by your hand, and your right hand will keep me.त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।
11 If I say, Only let me be covered by the dark, and the light about me be night;हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु, “दिन रातमा परिर्वतन भएको छ। निश्चय रातले मलाई लुकाउनेछ।”
12 Even the dark is not dark to you; the night is as bright as the day: for dark and light are the same to you.तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन्। परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।
13 My flesh was made by you, and my parts joined together in my mother's body.हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो। म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
14 I will give you praise, for I am strangely and delicately formed; your works are great wonders, and of this my soul is fully conscious.हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म खुब जान्दछु कि जे तपाईंले गर्नुभयो, आश्चयपूर्ण छ।
15 My frame was not unseen by you when I was made secretly, and strangely formed in the lowest parts of the earth.तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
16 Your eyes saw my unformed substance; in your book all my days were recorded, even those which were purposed before they had come into being.तपाईंले मेरो अंग-प्रत्यंग बढदै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो। तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन।
17 How dear are your thoughts to me, O God! how great is the number of them!तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्। हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ!
18 If I made up their number, it would be more than the grains of sand; when I am awake, I am still with you.यदि मैले ती सबै गन्न सक्दो हुँ ता तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।
19 If only you would put the sinners to death, O God; go far from me, you men of blood.हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्। त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।
20 For they go against you with evil designs, and your haters make sport of your name.ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे।
21 Are not your haters hated by me, O Lord? are not those who are lifted up against you a cause of grief to me?हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु ज-जसले तपाईंलाई घृणा गर्दछन्। म ती मानिसहरूलाई घृणा गर्दछु जो तपाईंको विरूद्धमा उठ्दछन्।
22 My hate for them is complete; my thoughts of them are as if they were making war on me.म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु! तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्।
23 O God, let the secrets of my heart be uncovered, and let my wandering thoughts be tested:हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ। मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।
24 See if there is any way of sorrow in me, and be my guide in the eternal way.मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्, अनि त्यस्तो बाटोमा डोराई लैजानु होस् जुन अनन्त रहनेछ।
Nepali Bible