Bible

Psalm 129 - WEB (Nepali)

1 > Many times they have afflicted me from my youth up. Let Israel now say,मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।

2 Many times they have afflicted me from my youth up, Yet they have not prevailed against me.मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए तर तिनीहरूले कहिल्यै जितेनन्।

3 The plowers plowed on my back. They made their furrows long.तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपरूञ्जेल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो।

4 Yahweh is righteous. He has cut apart the cords of the wicked.तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।

5 Let them be disappointed and turned backward, All those who hate Zion.मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। तिनीहरू लडाइँ गर्न छाडेर भागुन्।

6 Let them be as the grass on the housetops, Which withers before it grows up;ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।

7 With which the reaper doesn't fill his hand, Nor he who binds sheaves, his bosom.काम गर्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।

8 Neither do those who go by say, "The blessing of Yahweh be on you. We bless you in the name of Yahweh."तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन् “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई स्वागत गर्ने छैनन् र भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”

Nepali Bible