Bible

Psalm 116 - BBE (Nepali)

1 I have given my love to the Lord, because he has given ear to the voice of my cry and my prayer.जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ त्यो मलाई मन पर्दछ।

2 He has let my request come before him, and I will make my prayer to him all my days.जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ त्यो मलाई मन पर्छ।

3 The nets of death were round me, and the pains of the underworld had me in their grip; I was full of trouble and sorrow.म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ।

4 Then I made my prayer to the Lord, saying, O Lord, take my soul out of trouble.तब मैले परमेश्वरको नाउँ डाकें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”

5 The Lord is full of grace and righteousness; truly, he is a God of mercy.परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।

6 The Lord keeps the simple; I was made low, and he was my saviour.परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।

7 Come back to your rest, O my soul; for the Lord has given you your reward.हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।

8 You have taken my soul from the power of death, keeping my eyes from weeping, and my feet from falling.हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।

9 I will go before the Lord in the land of the living.जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।

10 I still had faith, though I said, I am in great trouble;यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो, “म सर्वनाश भएँ!”

11 Though I said in my fear, All men are false.हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने, “सबै मानिसहरू झूटा छन्!”

12 What may I give to the Lord for all the good things which he has done for me?म परमप्रभुलाई के दिन सक्छु र? ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।

13 I will take the cup of salvation, and give praise to the name of the Lord.उहाँले मलाई बचाउनु भयो, यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। अनि म परमप्रभुको नाउँ बोलाउनेछु।

14 I will make the offering of my oath to the Lord, even before all his people.परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।

15 Dear in the eyes of the Lord is the death of his saints.परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ। परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।

16 O Lord, truly I am your servant; I am your servant, the son of her who is your servant; by you have my cords been broken.हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!

17 I will give an offering of praise to you, and make my prayer in the name of the Lord.म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।

18 I will make the offerings of my oath, even before all his people;आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।

19 In the Lord's house, even in Jerusalem. Praise be to the Lord.म यरूशलेमको मन्दिरमा जाने छु। परमप्रभुको प्रशंसा गर!

Nepali Bible