Psalm 112 - WEB (Nepali)
1 Praise Yah! Blessed is the man who fears Yahweh, Who delights greatly in his commandments.परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
2 His seed will be mighty in the land. The generation of the upright will be blessed.उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।
3 Wealth and riches are in his house. His righteousness endures forever.त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा सर्वदा रहने छ।
4 Light dawns in the darkness for the upright, Gracious, merciful, and righteous.सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
5 It is well with the man who deals graciously and lends. He will maintain his cause in judgment.मानिसको लागि दयालु र उदार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
6 For he will never be shaken. The righteous will be remembered forever.त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन, असल मानिसको सधैं स्मरण गरिन्छ।
7 He will not be afraid of evil news. His heart is steadfast, trusting in Yahweh.उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन। त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
8 His heart is established. He will not be afraid in the end when he sees his adversaries.त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
9 He has dispersed, he has given to the poor. His righteousness endures forever. His horn will be exalted with honor.त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।
10 The wicked will see it, and be grieved. He shall gnash with his teeth, and melt away. The desire of the wicked will perish.दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।
Nepali Bible