Psalm 112 - DBY (Nepali)
1 Hallelujah! Blessed is the man that feareth Jehovah, that delighteth greatly in his commandments.परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
2 His seed shall be mighty in the land; the generation of the upright shall be blessed.उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।
3 Wealth and riches [shall be] in his house; and his righteousness abideth for ever.त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा सर्वदा रहने छ।
4 Unto the upright there ariseth light in the darkness; he is gracious, and merciful, and righteous.सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
5 It is well with the man that is gracious and lendeth; he will sustain his cause in judgment.मानिसको लागि दयालु र उदार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
6 For he shall not be moved for ever: the righteous shall be in everlasting remembrance.त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन, असल मानिसको सधैं स्मरण गरिन्छ।
7 He shall not be afraid of evil tidings; his heart is fixed confiding in Jehovah;उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन। त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
8 His heart is maintained, he is not afraid, until he see [his desire] upon his oppressors.त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
9 He scattereth abroad, he giveth to the needy; his righteousness abideth for ever: his horn shall be exalted with honour.त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।
10 The wicked [man] shall see [it] and be vexed; he shall gnash with his teeth, and melt away: the desire of the wicked shall perish.दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।
Nepali Bible