Sign in / My account

Psalm 110 - WEB (Nepali)

1 > Yahweh says to my Lord, "Sit at my right hand, Until I make your enemies your footstool for your feet."परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

2 Yahweh will send forth the rod of your strength out of Zion. Rule in the midst of your enemies.परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!

3 Your people offer themselves willingly in the day of your power, in holy array. Out of the womb of the morning, you have the dew of your youth.जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।

4 Yahweh has sworn, and will not change his mind: "You are a priest forever in the order of Melchizedek."परमप्रभुले प्रतिज्ञा गर्नुभयो उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन। “तिमी अनन्तको निम्ति मल्कीसेदेक जस्तै पूजाहारी हौ।”

5 The Lord is at your right hand. He will crush kings in the day of his wrath.मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।

6 He will judge among the nations. He will heap up dead bodies. He will crush the ruler of the whole earth.परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ। धर्ती मृत शरीरहरूले ढाकिने छ। अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।

7 He will drink of the brook in the way; Therefore he will lift up his head.राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछु। त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियोहुनु हुनेछ।

Nepali Bible