Psalm 105:45 किन परमेश्वरले त्यसो गर्नुभयो? किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन। यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन। परमप्रभुको प्रशंसा गर!
Psalm 105:45 in Other Translations
King James Version (KJV) That they might observe his statutes, and keep his laws. Praise ye the LORD.
American Standard Version (ASV) That they might keep his statutes, And observe his laws. Praise ye Jehovah.
Bible in Basic English (BBE) So that they might keep his orders, and be true to his laws. Give praise to the Lord.
Darby English Bible (DBY) That they might keep his statutes, and observe his laws. Hallelujah!
World English Bible (WEB) That they might keep his statutes, And observe his laws. Praise Yah!
Young's Literal Translation (YLT) That they may observe His statutes, And His laws may keep. Praise ye Jehovah!
Read Full Chapter :
Psalm 105
Cross Reference
व्यवस्था 4:40
आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
व्यवस्था 5:33
यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।
व्यवस्था 6:21
तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो।
भजनसंग्रह 106:1
परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!
भजनसंग्रह 150:1
परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर! उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
व्यवस्था 4:1
“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।
एफिसी 2:8
तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।
तीतस 2:14
उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
प्रकाश 19:3
स्वर्गका मानिसहरुले यो पनि भने“हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”
इजकिएल 36:24
परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु।