Bible

Proverbs 3 - BBE (Nepali)

1 My son, keep my teaching in your memory, and my rules in your heart:हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।

2 For they will give you increase of days, years of life, and peace.मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ।

3 Let not mercy and good faith go from you; let them be hanging round your neck, recorded on your heart;प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।

4 So you will have grace and a good name in the eyes of God and men.तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।

5 Put all your hope in God, not looking to your reason for support.तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।

6 In all your ways give ear to him, and he will make straight your footsteps.तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।

7 Put no high value on your wisdom: let the fear of the Lord be before you, and keep yourself from evil:आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।

8 This will give strength to your flesh, and new life to your bones.यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

9 Give honour to the Lord with your wealth, and with the first-fruits of all your increase:तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।

10 So your store-houses will be full of grain, and your vessels overflowing with new wine.त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।

11 My son, do not make your heart hard against the Lord's teaching; do not be made angry by his training:हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।

12 For to those who are dear to him the Lord says sharp words, and makes the son in whom he has delight undergo pain.किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।ज्ञानहरूको आशीर्वाद

13 Happy is the man who makes discovery of wisdom, and he who gets knowledge.धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।

14 For trading in it is better than trading in silver, and its profit greater than bright gold.ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।

15 She is of more value than jewels, and nothing for which you may have a desire is fair in comparison with her.ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।

16 Long life is in her right hand, and in her left are wealth and honour.ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।

17 Her ways are ways of delight, and all her goings are peace.ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।

18 She is a tree of life to all who take her in their hands, and happy is everyone who keeps her.ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।

19 The Lord by wisdom put in position the bases of the earth; by reason he put the heavens in their place.परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।

20 By his knowledge the deep was parted, and dew came dropping from the skies.उहाँको ज्ञान द्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।

21 My son, keep good sense, and do not let wise purpose go from your eyes.हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।

22 So they will be life for your soul, and grace for your neck.ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।

23 Then you will go safely on your way, and your feet will have no cause for slipping.त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।

24 When you take your rest you will have no fear, and on your bed sleep will be sweet to you.जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।

25 Have no fear of sudden danger, or of the storm which will come on evil-doers:तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।

26 For the Lord will be your hope, and will keep your foot from being taken in the net.किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।

27 Do not keep back good from those who have a right to it, when it is in the power of your hand to do it.जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।

28 Say not to your neighbour, Go, and come again, and tomorrow I will give; when you have it by you at the time.जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।

29 Do not make evil designs against your neighbour, when he is living with you without fear.तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन।

30 Do not take up a cause at law against a man for nothing, if he has done you no wrong.कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याउ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।

31 Have no envy of the violent man, or take any of his ways as an example.उपदव्र गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज।

32 For the wrong-hearted man is hated by the Lord, but he is a friend to the upright.किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।

33 The curse of the Lord is on the house of the evil-doer, but his blessing is on the tent of the upright.दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।

34 He makes sport of the men of pride, but he gives grace to the gentle-hearted.यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।

35 The wise will have glory for their heritage, but shame will be the reward of the foolish.ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

Nepali Bible