Proverbs 27 - BBE (Nepali)
1 Do not make a noise about tomorrow, for you are not certain what a day's outcome may be.तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
2 Let another man give you praise, and not your mouth; one who is strange to you, and not your lips.आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन।
3 A stone has great weight, and sand is crushing; but the wrath of the foolish is of greater weight than these.ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ ।
4 Wrath is cruel, and angry feeling an overflowing stream; but who does not give way before envy?रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
5 Better is open protest than love kept secret.लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
6 The wounds of a friend are given in good faith, but the kisses of a hater are false.साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
7 The full man has no use for honey, but to the man in need of food every bitter thing is sweet.अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
8 Like a bird wandering from the place of her eggs is a man wandering from his station.आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
9 Oil and perfume make glad the heart, and the wise suggestion of a friend is sweet to the soul.अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
10 Do not give up your friend and your father's friend; and do not go into your brother's house in the day of your trouble: better is a neighbour who is near than a brother far off.आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
11 My son, be wise and make my heart glad, so that I may give back an answer to him who puts me to shame.हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
12 The sharp man sees the evil and takes cover: the simple go straight on and get into trouble.बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।
13 Take a man's clothing if he makes himself responsible for a strange man, and get an undertaking from him who gives his word for strange men.एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
14 He who gives a blessing to his friend with a loud voice, getting up early in the morning, will have it put to his account as a curse.प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ।
15 Like an unending dropping on a day of rain is a bitter-tongued woman.एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो।
16 He who keeps secret the secret of his friend, will get himself a name for good faith.उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो।
17 Iron makes iron sharp; so a man makes sharp his friend.जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
18 Whoever keeps a fig-tree will have its fruit; and the servant waiting on his master will be honoured.जसले अञ्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
19 Like face looking at face in water, so are the hearts of men to one another.जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
20 The underworld and Abaddon are never full, and the eyes of man have never enough.जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
21 The heating-pot is for silver and the oven-fire for gold, and a man is measured by what he is praised for.सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
22 Even if a foolish man is crushed with a hammer in a vessel among crushed grain, still his foolish ways will not go from him.मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।
23 Take care to have knowledge about the condition of your flocks, looking well after your herds;तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।
24 For wealth is not for ever, and money does not go on for all generations.सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।
25 The grass comes up and the young grass is seen, and the mountain plants are got in.जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ,
26 The lambs are for your clothing, and the he-goats make the value of a field:तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेडाहरूबाट खेत किन्न सक्ने छौ बाख्राको दूध
27 There will be goats' milk enough for your food, and for the support of your servant-girls.तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।
Nepali Bible