Bible

Proverbs 26 - KJV (Nepali)

1 As snow in summer, and as rain in harvest, so honour is not seemly for a fool.ग्रीष्म ऋतुमा हिउँ र्बषनु राम्रो होइन, बाली काटूने समयमा पानी र्बषनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो।

2 As the bird by wandering, as the swallow by flying, so the curse causeless shall not come.तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।

3 A whip for the horse, a bridle for the ass, and a rod for the fool's back.जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबूमा आउँछ।

4 Answer not a fool according to his folly, lest thou also be like unto him.मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ।

5 Answer a fool according to his folly, lest he be wise in his own conceit.एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।

6 He that sendeth a message by the hand of a fool cutteth off the feet, and drinketh damage.मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

7 The legs of the lame are not equal: so is a parable in the mouth of fools.मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।

8 As he that bindeth a stone in a sling, so is he that giveth honour to a fool.मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुयेंत्रोमा ढुङ्गा बाँध्नु हो।

9 As a thorn goeth up into the hand of a drunkard, so is a parable in the mouths of fools.मूर्खले केही हितोपदेश कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

10 The great God that formed all things both rewardeth the fool, and rewardeth transgressors.कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।

11 As a dog returneth to his vomit, so a fool returneth to his folly.कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।

12 Seest thou a man wise in his own conceit? there is more hope of a fool than of him.यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन।ज्

13 The slothful man saith, There is a lion in the way; a lion is in the streets.अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

14 As the door turneth upon his hinges, so doth the slothful upon his bed.अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ।

15 The slothful hideth his hand in his bosom; it grieveth him to bring it again to his mouth.अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ।

16 The sluggard is wiser in his own conceit than seven men that can render a reason.एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।

17 He that passeth by, and meddleth with strife belonging not to him, is like one that taketh a dog by the ears.दुईजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिडनु।

18 As a mad man who casteth firebrands, arrows, and death,छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो मैले दिल्लगी गरेको”

19 So is the man that deceiveth his neighbour, and saith, Am not I in sport?भनेर भन्ने मानिस एकजना पागल मानिस जसले प्राणनाशक काँडहरू हान्छ।

20 Where no wood is, there the fire goeth out: so where there is no talebearer, the strife ceaseth.जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा आफैं अन्त हुनेछ।

21 As coals are to burning coals, and wood to fire; so is a contentious man to kindle strife.जस्तो कोइलाले अंगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडालु मानिसले झगडा चम्काउँछ।

22 The words of a talebearer are as wounds, and they go down into the innermost parts of the belly.बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।

23 Burning lips and a wicked heart are like a potsherd covered with silver dross.माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।

24 He that hateth dissembleth with his lips, and layeth up deceit within him;द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।

25 When he speaketh fair, believe him not: for there are seven abominations in his heart.उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्।

26 Whose hatred is covered by deceit, his wickedness shall be shewed before the whole congregation.उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापर्नी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।

27 Whoso diggeth a pit shall fall therein: and he that rolleth a stone, it will return upon him.अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।

28 A lying tongue hateth those that are afflicted by it; and a flattering mouth worketh ruin.जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ।

Nepali Bible