Bible

Proverbs 26:1-26 in Nepali

Proverbs 26:1
ग्रीष्म ऋतुमा हिउँ र्बषनु राम्रो होइन, बाली काटूने समयमा पानी र्बषनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो।

Proverbs 26:2
तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।

Proverbs 26:3
जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबूमा आउँछ।

Proverbs 26:4
मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ।

Proverbs 26:5
एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।

Proverbs 26:6
मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

Proverbs 26:7
मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।

Proverbs 26:8
मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुयेंत्रोमा ढुङ्गा बाँध्नु हो।

Proverbs 26:9
मूर्खले केही हितोपदेश कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

Proverbs 26:10
कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।

Proverbs 26:11
कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।

Proverbs 26:12
यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन।ज्

Proverbs 26:13
अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

Proverbs 26:14
अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ।

Proverbs 26:15
अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ।

Proverbs 26:16
एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।

Proverbs 26:17
दुईजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिडनु।

Proverbs 26:18
छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो मैले दिल्लगी गरेको”

Proverbs 26:19
भनेर भन्ने मानिस एकजना पागल मानिस जसले प्राणनाशक काँडहरू हान्छ।

Proverbs 26:20
जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा आफैं अन्त हुनेछ।

Proverbs 26:21
जस्तो कोइलाले अंगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडालु मानिसले झगडा चम्काउँछ।

Proverbs 26:22
बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।

Proverbs 26:23
माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।

Proverbs 26:24
द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ।

Proverbs 26:25
उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्।

Proverbs 26:26
उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापर्नी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।

Nepali Bible