Proverbs 24 - WEB (Nepali)
1 Don't be envious of evil men; Neither desire to be with them:दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर।
2 For their hearts plot violence, And their lips talk about mischief.तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्।-20-
3 Through wisdom a house is built; By understanding it is established;एउटा घर ज्ञान द्वारा निर्माण गरिन्छ र समझशक्ति द्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।
4 By knowledge the rooms are filled With all rare and beautiful treasure.अनि ज्ञानद्वारा यसको भण्डारकोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।-21-
5 A wise man has great power; And a knowledgeable man increases strength;एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मनिस भन्दा असल हो।
6 For by wise guidance you wage your war; And victory is in many advisors.यसकारण तिमीले लडाई लडन। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चहान्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।-22-
7 Wisdom is too high for a fool: He doesn't open his mouth in the gate.मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।-23-
8 One who plots to do evil Will be called a schemer.दुष्ट षडयन्त्र सधैं गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।
9 The schemes of folly are sin. The mocker is detested by men.मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।-24-
10 If you falter in the time of trouble, Your strength is small.यदि तिमीले आफैंलाई सकंटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
11 Rescue those who are being led away to death! Indeed, hold back those who are staggering to the slaughter!यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।
12 If you say, "Behold, we didn't know this;" Doesn't he who weighs the hearts consider it? He who keeps your soul, doesn't he know it? Shall he not render to every man according to his work?यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ।-26-
13 My son, eat honey, for it is good; The droppings of the honeycomb, which are sweet to your taste:हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।
14 So you shall know wisdom to be to your soul; If you have found it, then there will be a reward, Your hope will not be cut off.यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन।-27-
15 Don't lay in wait, wicked man, against the habitation of the righteous. Don't destroy his resting-place:एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।
16 For a righteous man falls seven times, and rises up again; But the wicked are overthrown by calamity.धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ।-28-
17 Don't rejoice when your enemy falls. Don't let your heart be glad when he is overthrown;शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
18 Lest Yahweh see it, and it displease him, And he turn away his wrath from him.यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला।-29-
19 Don't fret yourself because of evildoers; Neither be envious of the wicked:दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर,
20 For there will be no reward to the evil man; And the lamp of the wicked shall be snuffed out.किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्।-30-
21 My son, fear Yahweh and the king. Don't join those who are rebellious:हे! मेरो छोरा, परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ।
22 For their calamity will rise suddenly; The destruction from them both--who knows?किनभने त्यस्ता मानिसहरू एकसी नासिनेछन। अनि तिमीलाई थाहाँ हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
23 These also are sayings of the wise. To show partiality in judgment is not good.यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।
24 He who says to the wicked, "You are righteous;" Peoples shall curse him, and nations shall abhor him--एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।
25 But it will go well with those who convict the guilty, And a rich blessing will come on them.तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।
26 An honest answer Is like a kiss on the lips.निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।
27 Prepare your work outside, And get your fields ready. Afterwards, build your house.पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
28 Don't be a witness against your neighbor without cause. Don't deceive with your lips.तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झूटो नबोल।
29 Don't say, "I will do to him as he has done to me; I will render to the man according to his work."यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
30 I went by the field of the sluggard, By the vineyard of the man void of understanding;म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
31 Behold, it was all grown over with thorns. Its surface was covered with nettles, And its stone wall was broken down.त्यो भूमि काडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।
32 Then I saw, and considered well. I saw, and received instruction:मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।
33 A little sleep, a little slumber, A little folding of the hands to sleep;एक छिनको सुताईले अनि एक छिनको आरामले।
34 So shall your poverty come as a robber, And your want as an armed man.दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
Nepali Bible