Proverbs 16 - DBY (Nepali)
1 The purposes of the heart are of man, but the answer of the tongue is from Jehovah.मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
2 All the ways of a man are clean in his own eyes; but Jehovah weigheth the spirits.मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
3 Commit thy works unto Jehovah, and thy thoughts shall be established.तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
4 Jehovah hath wrought everything on his own account, yea, even the wicked for the day of evil.परमप्रभुको प्रत्येक वस्तुको लागि आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो, दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।
5 Every proud heart is an abomination to Jehovah: hand for hand, he shall not be held innocent.जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।
6 By loving-kindness and truth iniquity is atoned for; and by the fear of Jehovah [men] depart from evil.राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
7 When a man's ways please Jehovah, he maketh even his enemies to be at peace with him.परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
8 Better is a little with righteousness, than great revenues without right.बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।
9 The heart of man deviseth his way, but Jehovah directeth his steps.हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।
10 An oracle is on the lips of the king: his mouth will not err in judgment.राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ।
11 The just balance and scales are Jehovah's; all the weights of the bag are his work.सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ, कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।
12 It is an abomination to kings to commit wickedness; for the throne is established by righteousness.राजाले दुष्ट्याई गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।
13 Righteous lips are the delight of kings, and they love him that speaketh aright.साँचो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।
14 The fury of a king is [as] messengers of death; but a wise man will pacify it.जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
15 In the light of the king's countenance is life, and his favour is as a cloud of the latter rain.राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।
16 How much better is it to get wisdom than fine gold, and the getting of intelligence to be preferred to silver!ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो।
17 The highway of the upright is to depart from evil: he that taketh heed to his way keepeth his soul.धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।
18 Pride [goeth] before destruction, and a haughty spirit before a fall.सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
19 Better is it to be of a humble spirit with the meek, than to divide the spoil with the proud.अहंकारी मानिससित लूटको धन बाँडनु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।
20 He that giveth heed to the word shall find good; and whoso confideth in Jehovah, happy is he.मानिसहरूले उपदेश दिंदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।
21 The wise in heart is called intelligent, and the sweetness of the lips increaseth learning.ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउछ।
22 Wisdom is a fountain of life for him that hath it; but the instruction of fools is folly.तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।
23 The heart of the wise maketh his mouth intelligent, and upon his lips increaseth learning.बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।
24 Pleasant words are [as] a honeycomb, sweet to the soul, and health for the bones.आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
25 There is a way that seemeth right unto a man, but the end thereof is the ways of death.कहिले कही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।
26 The appetite of the labourer laboureth for him, for his mouth urgeth him on.परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।
27 A man of Belial diggeth up evil, and on his lips there is as a scorching fire.एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।
28 A false man soweth contention; and a talebearer separateth very friends.एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।
29 A violent man enticeth his neighbour, and leadeth him into a way that is not good.एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।
30 He that shutteth his eyes, [it is] to devise froward things; biting his lips, he bringeth evil to pass.जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।
31 The hoary head is a crown of glory, [if] it is found in the way of righteousness.फूलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
32 He that is slow to anger is better than the mighty, and he that ruleth his spirit than he that taketh a city.मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।
33 The lot is cast into the lap; but the whole decision is of Jehovah.चिट्ठा, मानिसहरू द्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।
Nepali Bible