Proverbs 11 - KJV (Nepali)
1 A false balance is abomination to the LORD: but a just weight is his delight.केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।
2 When pride cometh, then cometh shame: but with the lowly is wisdom.अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।
3 The integrity of the upright shall guide them: but the perverseness of transgressors shall destroy them.ईमानदार मानिसहरूलाई आफ्नो इमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
4 Riches profit not in the day of wrath: but righteousness delivereth from death.धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।
5 The righteousness of the perfect shall direct his way: but the wicked shall fall by his own wickedness.निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।
6 The righteousness of the upright shall deliver them: but transgressors shall be taken in their own naughtiness.सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषा द्वारा नै ध्वंश हुन्छन्।
7 When a wicked man dieth, his expectation shall perish: and the hope of unjust men perisheth.जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन।
8 The righteous is delivered out of trouble, and the wicked cometh in his stead.धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।
9 An hypocrite with his mouth destroyeth his neighbour: but through knowledge shall the just be delivered.अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञान द्वारा बचाइन्छन्।
10 When it goeth well with the righteous, the city rejoiceth: and when the wicked perish, there is shouting.जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ। तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्।
11 By the blessing of the upright the city is exalted: but it is overthrown by the mouth of the wicked.ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ।
12 He that is void of wisdom despiseth his neighbour: but a man of understanding holdeth his peace.असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छन्।
13 A talebearer revealeth secrets: but he that is of a faithful spirit concealeth the matter.अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
14 Where no counsel is, the people fall: but in the multitude of counsellors there is safety.मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ।
15 He that is surety for a stranger shall smart for it: and he that hateth suretiship is sure.नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ।
16 A gracious woman retaineth honour: and strong men retain riches.एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ।
17 The merciful man doeth good to his own soul: but he that is cruel troubleth his own flesh.दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ।
18 The wicked worketh a deceitful work: but to him that soweth righteousness shall be a sure reward.दुष्ट मानिसले अरूलाई ठग्छ र तिनीहरूबाट पैसा लिन्छ तर एक धार्मिक मानिसले सही कर्म गर्छ अनि उसले वास्तविक इनाम पाउँछ।
19 As righteousness tendeth to life: so he that pursueth evil pursueth it to his own death.साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन अनि मर्छन्।
20 They that are of a froward heart are abomination to the LORD: but such as are upright in their way are his delight.कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ।
21 Though hand join in hand, the wicked shall not be unpunished: but the seed of the righteous shall be delivered.यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको संन्तानहरूलाई मुक्त पार्नेछन्
22 As a jewel of gold in a swine's snout, so is a fair woman which is without discretion.एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।
23 The desire of the righteous is only good: but the expectation of the wicked is wrath.जब धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाँउछन्, यसले असल चीजहरूमा डोर्याउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाँउछन् त्यसले कष्ट मात्र गराउँछ।
24 There is that scattereth, and yet increaseth; and there is that withholdeth more than is meet, but it tendeth to poverty.त्यहाँ एकजना मानिस छ जसले उदारहातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिन पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति कम्ति हुँदै जान्छ।
25 The liberal soul shall be made fat: and he that watereth shall be watered also himself.उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।
26 He that withholdeth corn, the people shall curse him: but blessing shall be upon the head of him that selleth it.एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छउसले सराप पाउँछ। तर जसले इच्छा र इमान्दारी पूर्वक बेच्छ उसले आशिर्वाद पाउँछ।
27 He that diligently seeketh good procureth favour: but he that seeketh mischief, it shall come unto him.एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।
28 He that trusteth in his riches shall fall; but the righteous shall flourish as a branch.जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढछ।
29 He that troubleth his own house shall inherit the wind: and the fool shall be servant to the wise of heart.यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।
30 The fruit of the righteous is a tree of life; and he that winneth souls is wise.धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।
31 Behold, the righteous shall be recompensed in the earth: much more the wicked and the sinner.यदि एकजना धर्मी मानिसलाई अफूले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।
Nepali Bible