Philemon 1 - BBE (Nepali)
1 Paul, a prisoner of Jesus Christ, and Timothy our brother, to Philemon, our dear helper in the faith,ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाटहाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।
2 And to Apphia, our sister, and to Archippus, our brother in God's army, and to the church in your house:साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!
3 Grace to you and peace from God our Father and the Lord Jesus Christ.हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।
4 I give praise to God at all times and make prayer for you,आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैं मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु।
5 Hearing of the love and the faith which you have to the Lord Jesus and to all the saints;परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु।
6 That the faith which you have in common with them may be working with power, in the knowledge of every good thing in you, for Christ.म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ।
7 For I had great joy and comfort in your love, because the hearts of the saints have been made strong again through you, brother.मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
8 And so, though I might, in the name of Christ, give you orders to do what is right,तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु।
9 Still, because of love, in place of an order, I make a request to you, I, Paul, an old man and now a prisoner of Christ Jesus:तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हूँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु।
10 My request is for my child Onesimus, the child of my chains,म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा उ मेरो छोरो बनियो।
11 Who in the past was of no profit to you, but now is of profit to you and to me:बितेका दिनहरूमा उ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।
12 Whom I have sent back to you, him who is my very heart:म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु।
13 Though my desire was to keep him with me, to be my servant in the chains of the good news, in your place:म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफै उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो।
14 But without your approval I would do nothing; so that your good works might not be forced, but done freely from your heart.तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।
15 For it is possible that for this reason he was parted from you for a time, so that you might have him for ever;ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ।
16 No longer as a servant, but more than a servant, a brother, very dear to me specially, but much more to you, in the flesh as well as in the Lord.अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।
17 If then you take me to be your friend and brother, take him in as myself.यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर।
18 If he has done you any wrong or is in debt to you for anything, put it to my account.ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ।
19 I, Paul, writing this myself, say, I will make payment to you: and I do not say to you that you are in debt to me even for your life.म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन।
20 So brother, let me have joy of you in the Lord: give new life to my heart in Christ.हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ।
21 Being certain that you will do my desire, I am writing to you, in the knowledge that you will do even more than I say.तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।
22 And make a room ready for me; for I am hoping that through your prayers I will be given to you.दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।
23 Epaphras, my brother-prisoner in Christ Jesus, sends you his love;मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँछ।
24 And so do Mark, Aristarchus, Demas, and Luke, my brother-workers.अनि मर्कूस, अरिस्तार्खस्, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।
25 The grace of our Lord Jesus Christ be with your spirit. So be it.हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
Nepali Bible