Jonah 2:7 “मेरो प्राणले सबै आशा गुमायो। तब मैले परमप्रभुको सम्झना गरें। परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें अनि तपाईंले मेरो प्रार्थना तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो।
Jonah 2:7 in Other Translations
King James Version (KJV) When my soul fainted within me I remembered the LORD: and my prayer came in unto thee, into thine holy temple.
American Standard Version (ASV) When my soul fainted within me, I remembered Jehovah; And my prayer came in unto thee, into thy holy temple.
Bible in Basic English (BBE) I went down to the bases of the mountains; as for the earth, her walls were about me for ever: but you have taken up my life from the underworld, O Lord my God.
Darby English Bible (DBY) When my soul fainted within me, I remembered Jehovah; And my prayer came in unto thee, Into thy holy temple.
World English Bible (WEB) "When my soul fainted within me, I remembered Yahweh. My prayer came in to you, into your holy temple.
Young's Literal Translation (YLT) In the feebleness within me of my soul Jehovah I have remembered, And come in unto Thee doth my prayer, Unto Thy holy temple.
Read Full Chapter :
Jonah 2
Cross Reference
2 इतिहास 30:27
पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।
भजनसंग्रह 11:4
परमप्रभु! आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। अनि सबै घटनाहरू भएको देख्नु हुन्छ परमप्रभुले मानिसहरूलाई असल अथवा दुष्ट भनी एकदम नजिकबाट हेर्नु हुन्छ।
भजनसंग्रह 18:6
म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
योना 2:4
तब मैले भनें, “म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु।
भजनसंग्रह 65:4
हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। अनि हामी अत्यन्त खुशी छौं। तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
हबकूक 2:20
तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।
मीका 1:2
हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।
भजनसंग्रह 77:10
तब मैले सोचें, “जुन कुराले मलाई सधैं सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?”‘
भजनसंग्रह 143:5
तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै र्बष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
विलाप 3:21
तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा
1 शमूएल 30:6
सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए।
हिब्रू 12:3
विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।
2 कोरिन्थी 1:9
हामीले साँच्चै सोच्यौ आफुमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट उत्थान गराउनु हुन्छ।
भजनसंग्रह 20:7
कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
भजनसंग्रह 22:14
मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!
भजनसंग्रह 27:13
मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
भजनसंग्रह 42:5
म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ!
भजनसंग्रह 42:11
मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ!
भजनसंग्रह 43:5
किन म यति साह्रो तल झरें? किन म यत्ति साह्रो विचलित छु? मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ, म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु, उहाँले मलाई बचाउनु हुन्छ।
भजनसंग्रह 119:81
म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
यशैया 50:10
ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।