Acts 5 - WEB (Nepali)
1 But a certain man named Ananias, with Sapphira, his wife, sold a possession,हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे।
2 and kept back part of the price, his wife also being aware of it, and brought a certain part, and laid it at the apostles' feet.तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर उ पनि सहमत थिई।
3 But Peter said, "Ananias, why has Satan filled your heart to lie to the Holy Spirit, and to keep back part of the price of the land?पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?
4 While you kept it, didn't it remain your own? After it was sold, wasn't it in your power? How is it that you have conceived this thing in your heart? You haven't lied to men, but to God."जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”
5 Ananias, hearing these words, fell down and died. Great fear came on all who heard these things.जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए।
6 The young men arose and wrapped him up, and they carried him out and buried him.त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घटनाको विषयमा सुनेपछि भयभीत बने।
7 About three hours later, his wife, not knowing what had happened, came in.प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोगने प्रति त्यस्तो घटना घटन गएको गएको थाहा थिएन।
8 Peter answered her, "Tell me whether you sold the land for so much." She said, "Yes, for so much."पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?”सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”
9 But Peter asked her, "How is it that you have agreed together to tempt the Spirit of the Lord? Behold, the feet of those who have buried your husband are at the door, and they will carry you out."पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”
10 She fell down immediately at his feet, and died. The young men came in and found her dead, and they carried her out and buried her by her husband.त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए।
11 Great fear came on the whole assembly, and on all who heard these things.जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घटनाहरू सुनैपछि सबै भयग्रस्त भए।
12 By the hands of the apostles many signs and wonders were done among the people. They were all with one accord in Solomon's porch.प्रेरितहरूले मानिसहरू माझ अनेक चमत्कारहरू अनि आर्श्चयमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्दैश्य थियो।
13 None of the rest dared to join them, however the people honored them.कसैले पनि प्रेरितहरूसंग सामेल हुने आँट गरेनन् तर सबै मानसिहरूले प्रेरितहरूको विषयमा राम्रै कुरा गरे।
14 More believers were added to the Lord, multitudes of both men and women.अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।
15 They even carried out the sick into the streets, and laid them on cots and mattresses, so that as Peter came by, at the least his shadow might overshadow some of them.यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।
16 Multitudes also came together from the cities around Jerusalem, bringing sick people, and those who were tormented by unclean spirits: and they were all healed.मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।
17 But the high priest rose up, and all those who were with him (which is the sect of the Sadducees), and they were filled with jealousy,प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।
18 and laid hands on the apostles, and put them in public custody.तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुने।
19 But an angel of the Lord opened the prison doors by night, and brought them out, and said,तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने,
20 "Go stand and speak in the temple to the people all the words of this life."“जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”
21 When they heard this, they entered into the temple about daybreak, and taught. But the high priest came, and those who were with him, and called the council together, and all the senate of the children of Israel, and sent to the prison to have them brought.जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे।प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।
22 But the officers who came didn't find them in the prison. They returned and reported,जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेन्न। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए।
23 "We found the prison shut and locked, and the guards standing before the doors, but when we opened them, we found no one inside!"तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”
24 Now when the high priest, the captain of the temple, and the chief priests heard these words, they were very perplexed about them and what might become of this.मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”
25 One came and told them, "Behold, the men whom you put in prison are in the temple, standing and teaching the people."तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
26 Then the captain went with the officers, and brought them without violence, for they were afraid that the people might stone them.त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।
27 When they had brought them, they set them before the council. The high priest questioned them,सिपाहीहरूले प्रेरितहरूलाई यहूदी सभामा ल्याए अनि यहूदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे।
28 saying, "Didn't we strictly charge you not to teach in this name? Behold, you have filled Jerusalem with your teaching, and intend to bring this man's blood on us."उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”
29 But Peter and the apostles answered, "We must obey God rather than men.पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।
30 The God of our fathers raised up Jesus, whom you killed, hanging him on a tree.तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।
31 God exalted him with his right hand to be a Prince and a Savior, to give repentance to Israel, and remission of sins.येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्।
32 We are His witnesses of these things; and so also is the Holy Spirit, whom God has given to those who obey him."हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”
33 But they, when they heard this, were cut to the heart, and determined to kill them.यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।
34 But one stood up in the council, a Pharisee named Gamaliel, a teacher of the law, honored by all the people, and commanded to put the apostles out for a little while.फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।
35 He said to them, "You men of Israel, be careful concerning these men, what you are about to do.त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्।
36 For before these days Theudas rose up, making himself out to be somebody; to whom a number of men, about four hundred, joined themselves: who was slain; and all, as many as obeyed him, were dispersed, and came to nothing.याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।
37 After this man, Judas of Galilee rose up in the days of the enrollment, and drew away some people after him. He also perished, and all, as many as obeyed him, were scattered abroad.त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।
38 Now I tell you, withdraw from these men, and leave them alone. For if this counsel or this work is of men, it will be overthrown.यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।
39 But if it is of God, you will not be able to overthrow it, and you would be found even to be fighting against God!"तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।”गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।
40 They agreed with him. Summoning the apostles, they beat them and charged them not to speak in the name of Jesus, and let them go.तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।
41 They therefore departed from the presence of the council, rejoicing that they were counted worthy to suffer dishonor for Jesus' name.प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।
42 Every day, in the temple and at home, they never stopped teaching and preaching Jesus, the Christ.तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि येशू नै ख्रीष्ट हुनु हुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।
Nepali Bible