Proverbs 24 - KJV (Nepali)
1 Be not thou envious against evil men, neither desire to be with them.दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर।
2 For their heart studieth destruction, and their lips talk of mischief.तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्।-20-
3 Through wisdom is an house builded; and by understanding it is established:एउटा घर ज्ञान द्वारा निर्माण गरिन्छ र समझशक्ति द्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।
4 And by knowledge shall the chambers be filled with all precious and pleasant riches.अनि ज्ञानद्वारा यसको भण्डारकोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।-21-
5 A wise man is strong; yea, a man of knowledge increaseth strength.एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मनिस भन्दा असल हो।
6 For by wise counsel thou shalt make thy war: and in multitude of counsellors there is safety.यसकारण तिमीले लडाई लडन। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चहान्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।-22-
7 Wisdom is too high for a fool: he openeth not his mouth in the gate.मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।-23-
8 He that deviseth to do evil shall be called a mischievous person.दुष्ट षडयन्त्र सधैं गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।
9 The thought of foolishness is sin: and the scorner is an abomination to men.मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।-24-
10 If thou faint in the day of adversity, thy strength is small.यदि तिमीले आफैंलाई सकंटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
11 If thou forbear to deliver them that are drawn unto death, and those that are ready to be slain;यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।
12 If thou sayest, Behold, we knew it not; doth not he that pondereth the heart consider it? and he that keepeth thy soul, doth not he know it? and shall not he render to every man according to his works?यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ।-26-
13 My son, eat thou honey, because it is good; and the honeycomb, which is sweet to thy taste:हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।
14 So shall the knowledge of wisdom be unto thy soul: when thou hast found it, then there shall be a reward, and thy expectation shall not be cut off.यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन।-27-
15 Lay not wait, O wicked man, against the dwelling of the righteous; spoil not his resting place:एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।
16 For a just man falleth seven times, and riseth up again: but the wicked shall fall into mischief.धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ।-28-
17 Rejoice not when thine enemy falleth, and let not thine heart be glad when he stumbleth:शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
18 Lest the LORD see it, and it displease him, and he turn away his wrath from him.यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला।-29-
19 Fret not thyself because of evil men, neither be thou envious at the wicked:दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर,
20 For there shall be no reward to the evil man; the candle of the wicked shall be put out.किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्।-30-
21 My son, fear thou the LORD and the king: and meddle not with them that are given to change:हे! मेरो छोरा, परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ।
22 For their calamity shall rise suddenly; and who knoweth the ruin of them both?किनभने त्यस्ता मानिसहरू एकसी नासिनेछन। अनि तिमीलाई थाहाँ हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
23 These things also belong to the wise. It is not good to have respect of persons in judgment.यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।
24 He that saith unto the wicked, Thou are righteous; him shall the people curse, nations shall abhor him:एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।
25 But to them that rebuke him shall be delight, and a good blessing shall come upon them.तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।
26 Every man shall kiss his lips that giveth a right answer.निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।
27 Prepare thy work without, and make it fit for thyself in the field; and afterwards build thine house.पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
28 Be not a witness against thy neighbour without cause; and deceive not with thy lips.तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झूटो नबोल।
29 Say not, I will do so to him as he hath done to me: I will render to the man according to his work.यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
30 I went by the field of the slothful, and by the vineyard of the man void of understanding;म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
31 And, lo, it was all grown over with thorns, and nettles had covered the face thereof, and the stone wall thereof was broken down.त्यो भूमि काडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।
32 Then I saw, and considered it well: I looked upon it, and received instruction.मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।
33 Yet a little sleep, a little slumber, a little folding of the hands to sleep:एक छिनको सुताईले अनि एक छिनको आरामले।
34 So shall thy poverty come as one that travelleth; and thy want as an armed man.दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।
Nepali Bible