Mark 9:24 त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मदत गर्नुहोस्।”
Mark 9:24 in Other Translations
King James Version (KJV) And straightway the father of the child cried out, and said with tears, Lord, I believe; help thou mine unbelief.
American Standard Version (ASV) Straightway the father of the child cried out, and said, I believe; help thou mine unbelief.
Bible in Basic English (BBE) Straight away the father of the child gave a cry, saying, I have faith; make my feeble faith stronger.
Darby English Bible (DBY) And immediately the father of the young child crying out said [with tears], I believe, help mine unbelief.
World English Bible (WEB) Immediately the father of the child cried out with tears, "I believe. Help my unbelief!"
Young's Literal Translation (YLT) and immediately the father of the child, having cried out, with tears said, `I believe, sir; be helping mine unbelief.'
And
καὶ
kai
kay
straightway
εὐθὲως
eutheōs
afe-THAY-ose
cried out,
κράξας
krazō
KRA-zoh
the
ὁ
ho
oh
father
πατὴρ
patēr
pa-TARE
the
τοῦ
ho
oh
of child
παιδίου
paidion
pay-THEE-one
with
μετὰ
meta
may-TA
tears,
δακρύων
dakry
THA-kryoo
and said
ἔλεγεν
legō
LAY-goh
I believe;
Πιστεύω·
pisteuō
pee-STAVE-oh
Lord,
κύριε
kyrios
KYOO-ree-ose
help thou
βοήθει
boētheō
voh-ay-THAY-oh
mine
μου
mou
moo
τῇ
ho
oh
unbelief.
ἀπιστίᾳ
apistia
ah-pee-STEE-ah
Read Full Chapter :
Mark 9
Cross Reference
2 तिमोथी 1:4
म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ।
2 थिस्सलोनिकी 1:3
तिमीहरूको लागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ।
2 थिस्सलोनिकी 1:11
त्यसैकारण हामी सधैं तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाम्रो परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गछौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई गुणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्ने गराउँछ। हामी प्रार्थना गछौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारून।
हिब्रू 12:2
हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
लूका 17:5
प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”
एफिसी 2:8
तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।
फिलिप्पी 1:29
परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन् । तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ।
2 कोरिन्थी 2:4
अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुखित थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुखित तुल्याउनु लेखेको थिइन। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।
लूका 7:38
त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
2 शमूएल 16:12
यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”
2 राजा 20:5
“फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।
भजनसंग्रह 39:12
हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्! मेरा ती विलापका शब्दहरू सुन्नुहोस्, मेरा आँसुहरू हेर्नुहोस्। तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ। मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
भजनसंग्रह 126:5
एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
यर्मिया 14:17
“तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।
लूका 7:44
त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।
प्रेरित 10:19
पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्।
हिब्रू 12:17
तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।
हिब्रू 5:7
जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।
प्रेरित 10:31
तिनले भने, “कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ।