Bible

Numbers 6 - WEB (Nepali)

1 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

2 "Speak to the children of Israel, and tell them: When either man or woman shall make a special vow, the vow of a Nazirite, to separate himself to Yahweh,“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।

3 he shall separate himself from wine and strong drink. He shall drink no vinegar of wine, or vinegar of fermented drink, neither shall he drink any juice of grapes, nor eat fresh grapes or dried.त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस अथवा सुकेको, दाख खानु हुँदैन।

4 All the days of his separation he shall eat nothing that is made of the grapevine, from the seeds even to the skins.जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।

5 "All the days of his vow of separation there shall no razor come on his head, until the days are fulfilled, in which he separates himself to Yahweh. He shall be holy. He shall let the locks of the hair of his head grow long.“त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।

6 "All the days that he separates himself to Yahweh he shall not go near a dead body.“जतिञ्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन।

7 He shall not make himself unclean for his father, or for his mother, for his brother, or for his sister, when they die; because his separation to God is on his head.उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ।

8 All the days of his separation he is holy to Yahweh.जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ।

9 "If any man dies very suddenly beside him, and he defiles the head of his separation; then he shall shave his head in the day of his cleansing. On the seventh day he shall shave it.“अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ।

10 On the eighth day he shall bring two turtledoves or two young pigeons to the priest, to the door of the Tent of Meeting.तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्।

11 The priest shall offer one for a sin offering, and the other for a burnt offering, and make atonement for him, because he sinned by reason of the dead, and shall make his head holy that same day.तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। उ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ।

12 He shall separate to Yahweh the days of his separation, and shall bring a male lamb a year old for a trespass offering; but the former days shall be void, because his separation was defiled.अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक वर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।

13 "This is the law of the Nazirite: when the days of his separation are fulfilled, he shall be brought to the door of the Tent of Meeting,“उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ,

14 and he shall offer his offering to Yahweh, one male lamb a year old without blemish for a burnt offering, and one ewe lamb a year old without blemish for a sin offering, and one ram without blemish for peace offerings,अनि परमप्रभुलाई एउटा उपहार चढाऊ। उसको उपहार यस्तो हुनु पर्छएउटा एक वर्षे निष्खोट थुमा होमबलिको निम्ति; एउटा एक वर्षे निष्खोट भेडा पापबलिको निम्ति र एउटा निष्खोट भेडा र एउटा निष्खोट साँढे भेडा मेल बलिको लागि चढाउनु पर्छ।

15 and a basket of unleavened bread, cakes of fine flour mixed with oil, and unleavened wafers anointed with oil, and their meal offering, and their drink offerings.एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी। यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ। अन्नबलि र अर्घबलि पनि यी उपहारहरूका अशं हुन्।

16 The priest shall present them before Yahweh, and shall offer his sin offering, and his burnt offering.“पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन र पापबलि र होमबलि चढाऊन।

17 He shall offer the ram for a sacrifice of peace offerings to Yahweh, with the basket of unleavened bread. The priest shall offer also its meal offering, and its drink offering.त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।

18 The Nazirite shall shave the head of his separation at the door of the Tent of Meeting, and shall take the hair of the head of his separation, and put it on the fire which is under the sacrifice of peace offerings.“अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउथ्ये।

19 The priest shall take the boiled shoulder of the ram, and one unleavened cake out of the basket, and one unleavened wafer, and shall put them on the hands of the Nazirite, after he has shaved the head of his separation;“पूजाहारीले भेडाको उसिनेको कधं र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्।

20 and the priest shall wave them for a wave offering before Yahweh. This is holy for the priest, together with the breast that is waved and the thigh that is offered. After that the Nazirite may drink wine.त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेडाको ह्याकुलो र साँप्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।

21 "This is the law of the Nazirite who vows, and of his offering to Yahweh for his separation, besides that which he is able to get. According to his vow which he vows, so he must do after the law of his separation."“यी नियमहरू नाजिरीले परिपूर्ण गने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”

22 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

23 "Speak to Aaron and to his sons, saying, 'This is how you shall bless the children of Israel.' You shall tell them,“हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।

24 'Yahweh bless you, and keep you.परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।”

25 Yahweh make his face to shine on you, And be gracious to you.परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।

26 Yahweh lift up his face toward you, And give you peace.'परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन् अनि तिमीहरूमा शान्ति दिऊन्।”

27 "So they shall put my name on the children of Israel; and I will bless them."“यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”

Nepali Bible