Numbers 6 - ASV (Nepali)
1 And Jehovah spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
2 Speak unto the children of Israel, and say unto them, When either man or woman shall make a special vow, the vow of a Nazirite, to separate himself unto Jehovah,“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।
3 he shall separate himself from wine and strong drink; he shall drink no vinegar of wine, or vinegar of strong drink, neither shall he drink any juice of grapes, nor eat fresh grapes or dried.त्यस व्यक्तिले आफूलाई दाखरस अथवा कुनै मद्यबाट अलग राख्नु पर्छ अथार्त त्यो व्यक्तिले कुनै प्रकारको मद्य अथवा नशालु चीज खानु अथवा पिउनु हुँदैन। अनि त्यस व्यक्तिले कुनै दाखको रस अथवा दाखको रस हालेको केही पनि खानु हुँदैन। त्यस व्यक्तिले ताजा होस अथवा सुकेको, दाख खानु हुँदैन।
4 All the days of his separation shall he eat nothing that is made of the grape-vine, from the kernels even to the husk.जबसम्म व्यक्ति नाजिरी रहन्छ, पुरूष अथवा स्त्रीले दाखहरूको बोक्रा अथवा गेडा सम्म खानु हुदैन।
5 All the days of his vow of separation there shall no razor come upon his head: until the days be fulfilled, in which he separateth himself unto Jehovah, he shall be holy; he shall let the locks of the hair of his head grow long.“त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुञ्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ।
6 All the days that he separateth himself unto Jehovah he shall not come near to a dead body.“जतिञ्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन।
7 He shall not make himself unclean for his father, or for his mother, for his brother, or for his sister, when they die; because his separation unto God is upon his head.उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ।
8 All the days of his separation he is holy unto Jehovah.जति दिन सम्म तिनी परमप्रभुको लागि अलग रहन चाहन्छ त्यो व्यक्ति परमप्रभु प्रति पवित्र रहन्छ।
9 And if any man die very suddenly beside him, and he defile the head of his separation; then he shall shave his head in the day of his cleansing, on the seventh day shall he shave it.“अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ।
10 And on the eighth day he shall bring two turtle-doves, or two young pigeons, to the priest, to the door of the tent of meeting:तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्।
11 and the priest shall offer one for a sin-offering, and the other for a burnt-offering, and make atonement for him, for that he sinned by reason of the dead, and shall hallow his head that same day.तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। उ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ।
12 And he shall separate unto Jehovah the days of his separation, and shall bring a he-lamb a year old for a trespass-offering; but the former days shall be void, because his separation was defiled.अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक वर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।
13 And this is the law of the Nazirite, when the days of his separation are fulfilled: he shall be brought unto the door of the tent of meeting:“उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ,
14 and he shall offer his oblation unto Jehovah, one he-lamb a year old without blemish for a burnt-offering, and one ewe-lamb a year old without blemish for a sin-offering, and one ram without blemish for peace-offerings,अनि परमप्रभुलाई एउटा उपहार चढाऊ। उसको उपहार यस्तो हुनु पर्छएउटा एक वर्षे निष्खोट थुमा होमबलिको निम्ति; एउटा एक वर्षे निष्खोट भेडा पापबलिको निम्ति र एउटा निष्खोट भेडा र एउटा निष्खोट साँढे भेडा मेल बलिको लागि चढाउनु पर्छ।
15 and a basket of unleavened bread, cakes of fine flour mingled with oil, and unleavened wafers anointed with oil, and their meal-offering, and their drink-offerings.एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी। यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ। अन्नबलि र अर्घबलि पनि यी उपहारहरूका अशं हुन्।
16 And the priest shall present them before Jehovah, and shall offer his sin-offering, and his burnt-offering:“पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन र पापबलि र होमबलि चढाऊन।
17 and he shall offer the ram for a sacrifice of peace-offerings unto Jehovah, with the basket of unleavened bread: the priest shall offer also the meal-offering thereof, and the drink-offering thereof.त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।
18 And the Nazirite shall shave the head of his separation at the door of the tent of meeting, and shall take the hair of the head of his separation, and put it on the fire which is under the sacrifice of peace-offerings.“अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउथ्ये।
19 And the priest shall take the boiled shoulder of the ram, and one unleavened cake out of the basket, and one unleavened wafer, and shall put them upon the hands of the Nazirite, after he hath shaven `the head of' his separation;“पूजाहारीले भेडाको उसिनेको कधं र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्।
20 and the priest shall wave them for a wave-offering before Jehovah; this is holy for the priest, together with the wave-breast and heave-thigh: and after that the Nazirite may drink wine.त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेडाको ह्याकुलो र साँप्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।
21 This is the law of the Nazirite who voweth, `and of' his oblation unto Jehovah for his separation, besides that which he is able to get: according to his vow which he voweth, so he must do after the law of his separation.“यी नियमहरू नाजिरीले परिपूर्ण गने शपथ हुन्। त्यस व्यक्तिले यी सब चीजहरू परमप्रभुलाई चढाउनै पर्छ। यदि कसैले यस भन्दा अधिकको भाकल गर्छ भने तब उसले आफ्नो वचन राख्नु नै पर्छ। तर उसले यी नियमहरू नाजिरीको निम्ति राख्नु पर्छ।”
22 And Jehovah spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
23 Speak unto Aaron and unto his sons, saying, On this wise ye shall bless the children of Israel: ye shall say unto them,“हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।
24 Jehovah bless thee, and keep thee:परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।”
25 Jehovah make his face to shine upon thee, and be gracious unto thee:परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।
26 Jehovah lift up his countenance upon thee, and give thee peace.परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन् अनि तिमीहरूमा शान्ति दिऊन्।”
27 So shall they put my name upon the children of Israel; and I will bless them.“यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”
Nepali Bible