Numbers 33 - WEB (Nepali)
1 These are the journeys of the children of Israel, when they went forth out of the land of Egypt by their hosts under the hand of Moses and Aaron.मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।
2 Moses wrote their goings out according to their journeys by the commandment of Yahweh: and these are their journeys according to their goings out.मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।
3 They traveled from Rameses in the first month, on the fifteenth day of the first month; on the next day after the Passover the children of Israel went out with a high hand in the sight of all the Egyptians,पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे।
4 while the Egyptians were burying all their firstborn, whom Yahweh had struck among them: on their gods also Yahweh executed judgments.त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।
5 The children of Israel traveled from Rameses, and encamped in Succoth.इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे।
6 They traveled from Succoth, and encamped in Etham, which is in the edge of the wilderness.सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरूभूमिको किनारमा छाउनी हाले।
7 They traveled from Etham, and turned back to Pihahiroth, which is before Baal Zephon: and they encamped before Migdol.तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।
8 They traveled from before Hahiroth, and passed through the midst of the sea into the wilderness: and they went three days' journey in the wilderness of Etham, and encamped in Marah.ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरूभूमिमा पसे एतामको मरूभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।
9 They traveled from Marah, and came to Elim: and in Elim were twelve springs of water, and seventy palm trees; and they encamped there.तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यही छाउनी बसाले।
10 They traveled from Elim, and encamped by the Red Sea.ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
11 They traveled from the Red Sea, and encamped in the wilderness of Sin.तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरूभूमिमा छाउनी हाले।
12 They traveled from the wilderness of Sin, and encamped in Dophkah.ती मानिसहरूले सीन मरूभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
13 They traveled from Dophkah, and encamped in Alush.ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।
14 They traveled from Alush, and encamped in Rephidim, where was no water for the people to drink.ती मानिसहरूले आलूशबाट यात्री गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
15 They traveled from Rephidim, and encamped in the wilderness of Sinai.ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरूभूमिमा आफ्नो छाउनी हाले।
16 They traveled from the wilderness of Sinai, and encamped in Kibroth-hattaavah.ती मानिसहरूले सीनै मरूभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
17 They traveled from Kibroth-hattaavah, and encamped in Hazeroth.ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
18 They traveled from Hazeroth, and encamped in Rithmah.ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
19 They traveled from Rithmah, and encamped in Rimmon Perez.ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।
20 They traveled from Rimmon Perez, and encamped in Libnah.ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।
21 They traveled from Libnah, and encamped in Rissah.ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।
22 They traveled from Rissah, and encamped in Kehelathah.ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
23 They traveled from Kehelathah, and encamped in Mount Shepher.ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
24 They traveled from Mount Shepher, and encamped in Haradah.ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
25 They traveled from Haradah, and encamped in Makheloth.ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
26 They traveled from Makheloth, and encamped in Tahath.ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
27 They traveled from Tahath, and encamped in Terah.ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
28 They traveled from Terah, and encamped in Mithkah.ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
29 They traveled from Mithkah, and encamped in Hashmonah.ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
30 They traveled from Hashmonah, and encamped in Moseroth.ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
31 They traveled from Moseroth, and encamped in Bene Jaakan.ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
32 They traveled from Bene Jaakan, and encamped in Hor Haggidgad.ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
33 They traveled from Hor Haggidgad, and encamped in Jotbathah.ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
34 They traveled from Jotbathah, and encamped in Abronah.ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।
35 They traveled from Abronah, and encamped in Ezion Geber.ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
36 They traveled from Ezion Geber, and encamped in the wilderness of Zin (the same is Kadesh).ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरूभूमिको कादेशमा छाउनी हाले।
37 They traveled from Kadesh, and encamped in Mount Hor, in the edge of the land of Edom.ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो।
38 Aaron the priest went up into Mount Hor at the commandment of Yahweh, and died there, in the fortieth year after the children of Israel were come out of the land of Egypt, in the fifth month, on the first day of the month.परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।
39 Aaron was one hundred twenty-three years old when he died in Mount Hor.जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 वर्ष भएको थियो।
40 The Canaanite, the king of Arad, who lived in the South in the land of Canaan, heard of the coming of the children of Israel.कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने।
41 They traveled from Mount Hor, and encamped in Zalmonah.ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।
42 They traveled from Zalmonah, and encamped in Punon.ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।
43 They traveled from Punon, and encamped in Oboth.ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
44 They traveled from Oboth, and encamped in Iye-abarim, in the border of Moab.ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।
45 They traveled from Iyim, and encamped in Dibon-gad.ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।
46 They traveled from Dibon-gad, and encamped in Almon Diblathaim.ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।
47 They traveled from Almon Diblathaim, and encamped in the mountains of Abarim, before Nebo.ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।
48 They traveled from the mountains of Abarim, and encamped in the plains of Moab by the Jordan at Jericho.ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले।
49 They encamped by the Jordan, from Beth-jeshimoth even to Abel Shittim in the plains of Moab.मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।
50 Yahweh spoke to Moses in the plains of Moab by the Jordan at Jericho, saying,येरीको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, इस्राएलीहरूलाई भन,
51 Speak to the children of Israel, and tell them, When you pass over the Jordan into the land of Canaan,“जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ,
52 then you shall drive out all the inhabitants of the land from before you, and destroy all their figured [stones], and destroy all their molten images, and demolish all their high places:तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
53 and you shall take possession of the land, and dwell therein; for to you have I given the land to possess it.मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तब तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ।
54 You shall inherit the land by lot according to your families; to the more you shall give the more inheritance, and to the fewer you shall give the less inheritance: wherever the lot falls to any man, that shall be his; according to the tribes of your fathers shall you inherit.तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।
55 But if you will not drive out the inhabitants of the land from before you, then shall those who you let remain of them be as pricks in your eyes, and as thorns in your sides, and they shall vex you in the land in which you dwell.“यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्।
56 It shall happen that as I thought to do to them, so will I do to you.तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”
Nepali Bible