Bible

Numbers 3 - WBT (Nepali)

1 These also are the generations of Aaron and Moses, in the day that the LORD spoke with Moses in mount Sinai.परमप्रभुले सीनै पर्वतमा मोशासंग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।

2 And these are the names of the sons of Aaron; Nadab the first-born, and Abihu, Eleazar, and Ithamar.हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो।

3 These are the names of the sons of Aaron, the priests who were anointed, whom he consecrated to minister in the priest's office.हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो।

4 And Nadab and Abihu died before the LORD, when they offered strange fire before the LORD, in the wilderness of Sinai, and they had no children: and Eleazar and Ithamar ministered in the priest's office in the sight of Aaron their father.नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगो द्वारा बलिचढाएको पापले सीनै मरूभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।

5 And the LORD spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

6 Bring the tribe of Levi near, and present them before Aaron the priest, that they may minister to him.“लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्।

7 And they shall keep his charge, and the charge of the whole congregation before the tabernacle of the congregation, to do the service of the tabernacle.लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्।

8 And they shall keep all the instruments of the tabernacle of the congregation, and the charge of the children of Israel, to do the service of the tabernacle.भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।

9 And thou shalt give the Levites to Aaron and to his sons: they are wholly given to him out of the children of Israel.“लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।

10 And thou shalt appoint Aaron and his sons, and they shall wait on their priest's office: and the stranger that cometh nigh shall be put to death.“हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”

11 And the LORD spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

12 And I, behold, I have taken the Levites from among the children of Israel, instead of all the first-born that openeth the matrix among the children of Israel: therefore the Levites shall be mine;“याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।

13 Because all the first-born are mine; for on the day that I smote all the first-born in the land of Egypt, I hallowed to me all the first-born in Israel, both man and beast: mine they shall be: I am the LORD.“जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्याएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”

14 And the LORD spoke to Moses in the wilderness of Sinai, saying,सीनै पर्वतमा परमप्रभुले मोशासित फेरि कुरा गर्नुभयो,

15 Number the children of Levi after the house of their fathers, by their families: every male from a month old and upward shalt thou number them.“लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।”

16 And Moses numbered them according to the word of the LORD, as he was commanded.परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे।

17 And these were the sons of Levi, by their names; Gershon, and Kohath, and Merari.लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।

18 And these are the names of the sons of Gershon by their families; Libni, and Shimei.गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।

19 And the sons of Kohath by their families; Amram, and Izehar, Hebron, and Uzziel.कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।

20 And the sons of Merari by their families; Mahli, and Mushi: these are the families of the Levites, according to the house of their fathers.मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।

21 Of Gershon was the family of the Libnites, and the family of the Shimites: these are the families of the Gershonites.लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।

22 Those that were numbered of them, according to the number of all the males, from a month old and upward, even those that were numbered of them, were seven thousand and five hundred.एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुई परिवार समूहमा सबै 7,500 जना थिए।

23 The families of the Gershonites shall pitch behind the tabernacle westward.गेर्शोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो।

24 And the chief of the house of the father of the Gershonites shall be Eliasaph the son of Lael.गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो।

25 And the charge of the sons of Gershon in the tabernacle of the congregation shall be the tabernacle, and the tent, its covering, and the hanging for the door of the tabernacle of the congregation,भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।

26 And the hangings of the court, and the curtain for the door of the court, which is by the tabernacle, and by the altar round about, and the cords of it, for all the service of it.पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।

27 And of Kohath was the family of the Amramites, and the family of the Izharites, and the family of the Hebronites, and the family of the Uzzielites: these are the families of the Kohathites.अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।

28 In the number of all the males from a month old and upward, were eight thousand and six hundred, keeping the charge of the sanctuary.यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो।

29 The families of the sons of Kohath shall pitch on the side of the tabernacle southward.कहाती परिवार समूहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे।

30 And the chief of the house of the father of the families of the Kohathites shall be Elizaphan the son of Uzziel.उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो।

31 And their charge shall be the ark, and the table, and the candlestick, and the altars, and the vessels of the sanctuary with which they minister, and the hanging, and all the service of it.तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।

32 And Eleazar the son of Aaron the priest shall be chief over the chief of the Levites, and have the oversight of them that keep the charge of the sanctuary.पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।

33 Of Merari was the family of the Mahlites, and the family of the Mushites: these are the families of Merari.महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,

34 And those that were numbered of them, according to the number of all the males from a month old and upward, were six thousand and two hundred.यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए।

35 And the chief of the house of the father of the families of Merari was Zuriel the son of Abihail: these shall pitch on the side of the tabernacle northward.मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।

36 And under the custody and charge of the sons of Merari shall be the boards of the tabernacle, and its bars, and its pillars, and its sockets, and all its vessels, and all that serveth to it.मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।

37 And the pillars of the court round about, and their sockets, and their pins, and their cords.वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो।

38 But those that encamp before the tabernacle towards the east, even before the tabernacle of the congregation eastward shall be Moses and Aaron, and his sons, keeping the charge of the sanctuary, for the charge of the children of Israel; and the stranger that cometh nigh shall be put to death.पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।

39 All that were numbered of the Levites, whom Moses and Aaron numbered at the commandment of the LORD, throughout their families, all the males from a month old and upward, were twenty and two thousand.परमप्रभुको आज्ञा अनुसार मोशा र हारून द्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।

40 And the LORD said to Moses, number all the first-born of the males of the children of Israel, from a month old and upward, and take the number of their names.परमप्रभुले मोशालाई फेरि भन्नुभयो, “इस्राएली मानिसहरूको पहिले जन्मेका पुरूषहरू जो एक महिना अनि उँभोकाहरूको गन्ती गरी एउटा सूची तयार गर।

41 And thou shalt take the Levites for me (I am the LORD) instead of all the first-born among the children of Israel; and the cattle of the Levites, instead of all the firstlings among the cattle of the children of Israel.विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीकहरूकै पहिलो पशुधन लिन्छु।”

42 And Moses numbered, as the LORD commanded him, all the first-born among the children of Israel.यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे।

43 And all the first-born males by the number of names, from a month old and upward, of those that were numbered of them, were twenty and two thousand two hundred and seventy and three.मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।

44 And the LORD spoke to Moses, saying,परमप्रभुले मोशालाई अझ भन्नुभयो,

45 Take the Levites instead of all the first-born among the children of Israel, and the cattle of the Levites instead of their cattle; and the Levites shall be mine: I am the LORD.“इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरुको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।

46 And for those that are to be redeemed of the two hundred and seventy and three, of the first-born of the children of Israel, which are more than the Levites:22,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्।

47 Thou shalt even take five shekels apiece by the poll, after the shekel of the sanctuary shalt thou take them: the shekel is twenty gerahs.यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ)। इस्राएलीहरूबाट यो चाँदी लेऊ।

48 And thou shalt give to Aaron and to his sons the money, with which the odd number of them is to be redeemed.त्यो पैसा हारून र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।’”

49 And Moses took the redemption-money of them that were over and above them that were redeemed by the Levites:यसकारण लेवीहरू भन्दा वेशी भएका अन्य मानिसहरूको सट्टामा मोशाले पैसा लिए।

50 Of the first-born of the children of Israel he took the money; a thousand three hundred and sixty and five shekels, after the shekel of the sanctuary.उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे।

51 And Moses gave the money of them that were redeemed to Aaron, and to his sons, according to the word of the LORD, as the LORD commanded Moses.परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।

Nepali Bible