Bible

Numbers 29 - KJV (Nepali)

1 And in the seventh month, on the first day of the month, ye shall have an holy convocation; ye shall do no servile work: it is a day of blowing the trumpets unto you.“सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।

2 And ye shall offer a burnt offering for a sweet savor unto the LORD; one young bullock, one ram, and seven lambs of the first year without blemish:तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।

3 And their meat offering shall be of flour mingled with oil, three tenth deals for a bullock, and two tenth deals for a ram,परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुई खण्ड भेडासित,

4 And one tenth deal for one lamb, throughout the seven lambs:अनि एपाको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ।

5 And one kid of the goats for a sin offering, to make an atonement for you:तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित गर्नका निम्ति बलि चढाउ।

6 Beside the burnt offering of the month, and his meat offering, and the daily burnt offering, and his meat offering, and their drink offerings, according unto their manner, for a sweet savor, a sacrifice made by fire unto the LORD.ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।

7 And ye shall have on the tenth day of this seventh month an holy convocation; and ye shall afflict your souls: ye shall not do any work therein:“सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन।

8 But ye shall offer a burnt offering unto the LORD for a sweet savor; one young bullock, one ram, and seven lambs of the first year; they shall be unto you without blemish:परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।

9 And their meat offering shall be of flour mingled with oil, three tenth deals to a bullock, and two tenth deals to one ram,अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो,

10 A several tenth deal for one lamb, throughout the seven lambs:अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ।

11 One kid of the goats for a sin offering; beside the sin offering of atonement, and the continual burnt offering, and the meat offering of it, and their drink offerings.पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।

12 And on the fifteenth day of the seventh month ye shall have an holy convocation; ye shall do no servile work, and ye shall keep a feast unto the LORD seven days:“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।

13 And ye shall offer a burnt offering, a sacrifice made by fire, of a sweet savor unto the LORD; thirteen young bullocks, two rams, and fourteen lambs of the first year; they shall be without blemish:तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।

14 And their meat offering shall be of flour mingled with oil, three tenth deals unto every bullock of the thirteen bullocks, two tenth deals to each ram of the two rams,यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुई खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेडासित

15 And a several tenth deal to each lamb of the fourteen lambs:र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।

16 And one kid of the goats for a sin offering; beside the continual burnt offering, his meat offering, and his drink offering.यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।

17 And on the second day ye shall offer twelve young bullocks, two rams, fourteen lambs of the first year without spot:“उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेडाहरू र एक वर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।

18 And their meat offering and their drink offerings for the bullocks, for the rams, and for the lambs, shall be according to their number, after the manner:तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।

19 And one kid of the goats for a sin offering; beside the continual burnt offering, and the meat offering thereof, and their drink offerings.तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।

20 And on the third day eleven bullocks, two rams, fourteen lambs of the first year without blemish;“उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।

21 And their meat offering and their drink offerings for the bullocks, for the rams, and for the lambs, shall be according to their number, after the manner:तिमीहरूले यी बहर, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।

22 And one goat for a sin offering; beside the continual burnt offering, and his meat offering, and his drink offering.पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।

23 And on the fourth day ten bullocks, two rams, and fourteen lambs of the first year without blemish:“उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

24 Their meat offering and their drink offerings for the bullocks, for the rams, and for the lambs, shall be according to their number, after the manner:तिमीहरूले यी बहर गोरू, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ।

25 And one kid of the goats for a sin offering; beside the continual burnt offering, his meat offering, and his drink offering.पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

26 And on the fifth day nine bullocks, two rams, and fourteen lambs of the first year without spot:“उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

27 And their meat offering and their drink offerings for the bullocks, for the rams, and for the lambs, shall be according to their number, after the manner:तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।

28 And one goat for a sin offering; beside the continual burnt offering, and his meat offering, and his drink offering.पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

29 And on the sixth day eight bullocks, two rams, and fourteen lambs of the first year without blemish:“उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

30 And their meat offering and their drink offerings for the bullocks, for the rams, and for the lambs, shall be according to their number, after the manner:तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउने पर्छ।

31 And one goat for a sin offering; beside the continual burnt offering, his meat offering, and his drink offering.पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।

32 And on the seventh day seven bullocks, two rams, and fourteen lambs of the first year without blemish:“उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ।

33 And their meat offering and their drink offerings for the bullocks, for the rams, and for the lambs, shall be according to their number, after the manner:तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउन पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।

34 And one goat for a sin offering; beside the continual burnt offering, his meat offering, and his drink offering.पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

35 On the eighth day ye shall have a solemn assembly: ye shall do no servile work therein:“उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।

36 But ye shall offer a burnt offering, a sacrifice made by fire, of a sweet savor unto the LORD: one bullock, one ram, seven lambs of the first year without blemish:त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।

37 Their meat offering and their drink offerings for the bullock, for the ram, and for the lambs, shall be according to their number, after the manner:यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ।

38 And one goat for a sin offering; beside the continual burnt offering, and his meat offering, and his drink offering.तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

39 These things ye shall do unto the LORD in your set feasts, beside your vows, and your freewill offerings, for your burnt offerings, and for your meat offerings, and for your drink offerings, and for your peace offerings.“विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”

40 And Moses told the children of Israel according to all that the LORD commanded Moses.परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।

Nepali Bible