Numbers 29 - BBE (Nepali)
1 In the seventh month, on the first day of the month, let there be a holy meeting; on it you may do no field-work; let the day be marked by the blowing of horns;“सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।
2 And give to the Lord a burned offering for a sweet smell; one ox, one male sheep, seven he-lambs of the first year, without any mark on them:तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।
3 And their meal offering, the best meal mixed with oil, three tenth parts for an ox, two tenth parts for a male sheep,परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुई खण्ड भेडासित,
4 And a separate tenth part for every one of the seven lambs;अनि एपाको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ।
5 And one he-goat for a sin-offering, to take away your sin:तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित गर्नका निम्ति बलि चढाउ।
6 In addition to the burned offering of the new moon, and its meal offering, and the regular burned offering and its meal offering, and their drink offerings, as they are ordered, for a sweet smell, an offering made by fire to the Lord.ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।
7 And on the tenth day of this seventh month there will be a holy meeting; keep yourselves from pleasure, and do no sort of work;“सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन।
8 And give to the Lord a burned offering for a sweet smell; one ox, one male sheep, seven he-lambs of the first year: only those without any mark on them may be used:परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।
9 And their meal offering, the best meal mixed with oil, three tenth parts for an ox, two tenth parts for a male sheep,अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो,
10 A separate tenth part for every one of the seven lambs;अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ।
11 One he-goat for a sin-offering; in addition to the offering for taking away your sin, and the regular burned offering and its meal offering, and their drink offerings.पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।
12 And on the fifteenth day of the seventh month let there be a holy meeting; do no field-work, and keep a feast to the Lord for seven days;“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।
13 And give a burned offering, an offering made by fire of a sweet smell to the Lord, thirteen oxen, two male sheep, fourteen he-lambs of the first year, all without any mark on them;तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।
14 And their meal offering, the best meal mixed with oil, three tenth parts for every one of the thirteen oxen, two tenth parts for every male sheep,यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुई खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेडासित
15 And a separate tenth part for every one of the fourteen lambs;र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।
16 And one he-goat for a sin-offering; in addition to the regular burned offering, and its meal offering, and its drink offering.यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।
17 On the second day of the feast give an offering of twelve oxen, two male sheep, fourteen he-lambs of the first year, without any mark on them;“उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेडाहरू र एक वर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।
18 And their meal offering and their drink offerings for the oxen and the sheep and the lambs, in relation to their number, as it is ordered:तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।
19 And one he-goat for a sin-offering in addition to the regular burned offering, and its meal offering, and their drink offerings.तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।
20 And on the third day eleven oxen, two male sheep, fourteen he-lambs of the first year, without any mark;“उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।
21 And their meal offering and drink offerings for the oxen, for the male sheep, and for the lambs, in relation to their number, as it is ordered:तिमीहरूले यी बहर, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
22 And one he-goat for a sin-offering; in addition to the regular burned offering, and its meal offering, and its drink offering.पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।
23 And on the fourth day ten oxen, two male sheep, fourteen he-lambs of the first year, without any mark:“उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
24 And their meal offering and their drink offerings for the oxen, for the male sheep, and for the lambs, in relation to their number, as it is ordered.तिमीहरूले यी बहर गोरू, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ।
25 And one he-goat for a sin-offering; in addition to the regular burned offering, and its meal offering, and its drink offering.पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
26 And on the fifth day nine oxen, two male sheep, fourteen he-lambs of the first year, without any mark:“उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
27 And their meal offering and their drink offerings for the oxen, for the male sheep, and for the lambs, in relation to their number, as it is ordered:तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
28 And one he-goat for a sin-offering; in addition to the regular burned offering, and its meal offering, and its drink offering.पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
29 And on the sixth day eight oxen, two male sheep, fourteen he-lambs of the first year, without any mark:“उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
30 And their meal offering and their drink offerings for the oxen, for the male sheep, and for the lambs, in relation to their number, as it is ordered:तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउने पर्छ।
31 And one he-goat for a sin-offering; in addition to the regular burned offering, its meal offering, and its drink offerings.पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।
32 And on the seventh day seven oxen, two male sheep, fourteen he-lambs of the first year, without any mark:“उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ।
33 And their meal offering and their drink offerings for the oxen, for the male sheep, and for the lambs, in relation to their number, as it is ordered:तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउन पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।
34 And one he-goat for a sin-offering; in addition to the regular burned offering, its meal offering, and its drink offering.पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
35 On the eighth day let there be a holy meeting: you may do no field-work;“उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।
36 And give a burned offering, an offering made by fire of a sweet smell to the Lord: one ox, one male sheep, seven he-lambs of the first year, without any mark:त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।
37 With the meal offering and the drink offerings for the ox, the male sheep, and the lambs, in relation to their number, as it is ordered:यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ।
38 And one he-goat for a sin-offering; in addition to the regular burned offering, and its meal offering, and its drink offering.तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
39 These are the offerings which you are to give to the Lord at your regular feasts, in addition to the offerings for an oath, and the free offerings you give, for your burned offerings and your drink offerings and your peace-offerings.“विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”
Nepali Bible