Numbers 28 - DBY (Nepali)
1 And Jehovah spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
2 Command the children of Israel, and say unto them, My offering, my bread for my offerings by fire of sweet odour to me, shall ye take heed to present to me at their set time.“इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।
3 And say unto them, This is the offering by fire which ye shall present to Jehovah: two yearling lambs without blemish, day by day, as a continual burnt-offering.अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।
4 The one lamb shalt thou offer in the morning, and the other lamb thou shalt offer between the two evenings;एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउनु पर्छ।
5 and a tenth part of an ephah of fine flour for an oblation, mingled with beaten oil, a fourth part of a hin:अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”
6 [it is] the continual burnt-offering which was ordained on mount Sinai for a sweet odour, an offering by fire to Jehovah.परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।
7 And the drink-offering thereof shall be a fourth part of a hin for one lamb; in the sanctuary shall the drink-offering of strong drink be poured out to Jehovah.एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।
8 And the second lamb thou shalt offer between the two evenings; [with the] like oblation as that of the morning, and the like drink-offering, shalt thou offer it as an offering by fire of a sweet odour to Jehovah.त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।”
9 And on the sabbath day two yearling lambs without blemish, and two tenth parts of fine flour as an oblation, mingled with oil, and the drink-offering thereof:“विश्रामको दिनमा पनि एक वर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ।
10 it is the burnt-offering of the sabbath, for each sabbath besides the continual burnt-offering, and its drink-offering.नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।”मासिक बैठक
11 And in the beginnings of your months ye shall present a burnt-offering to Jehovah: two young bullocks, and one ram, seven yearling lambs without blemish.“प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
12 And three tenth parts of fine flour as an oblation, mingled with oil, for one bullock; and two tenth parts of fine flour as an oblation, mingled with oil, for the ram;प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र
13 and a tenth part of fine flour mingled with oil as an oblation for each lamb: [it is] a burnt-offering of a sweet odour, an offering by fire to Jehovah.प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।
14 And their drink-offerings: half a hin of wine for a bullock, and the third part of a hin for the ram, and the fourth part of a hin for a lamb. This is the monthly burnt-offering for each month throughout the months of the year.प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।
15 And a buck of the goats shall be offered, for a sin-offering to Jehovah, besides the continual burnt-offering, and its drink-offering.होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।
16 And in the first month, on the fourteenth day of the month, is the passover to Jehovah.“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
17 And on the fifteenth day of this month is the feast; seven days shall unleavened bread be eaten.त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।
18 On the first day shall be a holy convocation: no manner of servile work shall ye do;यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।
19 and ye shall present an offering by fire, a burnt-offering to Jehovah: two young bullocks, and one ram, and seven yearling lambs; they shall be unto you without blemish;त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।
20 and their oblation shall be of fine flour mingled with oil: three tenth parts shall ye offer for a bullock, and two tenth parts for the ram;तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
21 one tenth part shalt thou offer for each lamb, of the seven lambs;र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ।
22 and a he-goat as a sin-offering, to make atonement for you.तिनीहरूलाई प्रायश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ।
23 Besides the burnt-offering of the morning, which is for a continual burnt-offering, shall ye offer this.तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।
24 After this manner ye shall offer daily, seven days, the bread of the offering by fire of a sweet odour to Jehovah; it shall be offered besides the continual burnt-offering, and its drink-offering.“यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।
25 And on the seventh day ye shall have a holy convocation; no manner of servile work shall ye do.“सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।
26 And on the day of the first-fruits, when ye present a new oblation to Jehovah, after your weeks, ye shall have a holy convocation: no manner of servile work shall ye do.“अगौटे फलहरूको दिनहरूमा, सातौ दिनका चाढहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।
27 And ye shall present a burnt-offering for a sweet odour to Jehovah: two young bullocks, one ram, seven yearling lambs;तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।
28 and their oblation of fine flour mingled with oil, three tenth parts for one bullock, two tenth parts for the ram,प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
29 one tenth part for each lamb of the seven lambs;अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ।
30 [and] one buck of the goats, to make atonement for you.तिमीहरूको प्रायश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु।
31 Ye shall offer them besides the continual burnt-offering, and its oblation (without blemish shall they be unto you), and their drink-offerings.तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
Nepali Bible