Bible

Numbers 27 - WEB (Nepali)

1 Then drew near the daughters of Zelophehad, the son of Hepher, the son of Gilead, the son of Machir, the son of Manasseh, of the families of Manasseh the son of Joseph; and these are the names of his daughters: Mahlah, Noah, and Hoglah, and Milcah, and Tirzah.सेलोफादका पाँच जना छोरीहरू थिए (सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा।

2 They stood before Moses, and before Eleazar the priest, and before the princes and all the congregation, at the door of the tent of meeting, saying,तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,

3 Our father died in the wilderness, and he was not among the company of those who gathered themselves together against Yahweh in the company of Korah: but he died in his own sin; and he had no sons.“हाम्रा पिता मरूभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।

4 Why should the name of our father be taken away from among his family, because he had no son? Give to us a possession among the brothers of our father.उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाईहरूको बराबरमा जमीन दिनुहोस्।”

5 Moses brought their cause before Yahweh.यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे।

6 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

7 The daughters of Zelophehad speak right: you shall surely give them a possession of an inheritance among their father's brothers; and you shall cause the inheritance of their father to pass to them.“सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसंगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाईहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।

8 You shall speak to the children of Israel, saying, If a man die, and have no son, then you shall cause his inheritance to pass to his daughter.“इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्।

9 If he have no daughter, then you shall give his inheritance to his brothers.उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाईले पाउनेछ।

10 If he have no brothers, then you shall give his inheritance to his father's brothers.फेरि यदि उसको दाज्यू-भाई नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ।

11 If his father have no brothers, then you shall give his inheritance to his kinsman who is next to him of his family, and he shall possess it: and it shall be to the children of Israel a statute [and] ordinance, as Yahweh commanded Moses.उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।”‘

12 Yahweh said to Moses, Go up into this mountain of Abarim, and see the land which I have given to the children of Israel.त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरूभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ।

13 When you have seen it, you also shall be gathered to your people, as Aaron your brother was gathered;त्यो भूमि देखे पछि तिम्रो दाज्यु हारून जस्तै तिमी पनि मर्नेछौ।

14 because you rebelled against my word in the wilderness of Zin, in the strife of the congregation, to sanctify me at the waters before their eyes. (These are the waters of Meribah of Kadesh in the wilderness of Zin.)किनभने, सीनैको मरूभूमिमा मानिसहरूले पानीको निम्ति मसंग माग्दा तिमीले मेरो आज्ञा उलघंन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरूभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)

15 Moses spoke to Yahweh, saying,मोशाले परमप्रभुलाई भन्नुभयो,

16 Let Yahweh, the God of the spirits of all flesh, appoint a man over the congregation,“परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु। म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।

17 who may go out before them, and who may come in before them, and who may lead them out, and who may bring them in; that the congregation of Yahweh not be as sheep which have no shepherd.म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”

18 Yahweh said to Moses, Take Joshua the son of Nun, a man in whom is the Spirit, and lay your hand on him;त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर।

19 and set him before Eleazar the priest, and before all the congregation; and give him a charge in their sight.तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।

20 You shall put of your honor on him, that all the congregation of the children of Israel may obey.“उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ।

21 He shall stand before Eleazar the priest, who shall inquire for him by the judgment of the Urim before Yahweh: at his word shall they go out, and at his word they shall come in, both he, and all the children of Israel with him, even all the congregation.यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”

22 Moses did as Yahweh commanded him; and he took Joshua, and set him before Eleazar the priest, and before all the congregation:परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए।

23 and he laid his hands on him, and gave him a charge, as Yahweh spoke by Moses.त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।

Nepali Bible