Bible

Numbers 27 - BBE (Nepali)

1 Then the daughters of Zelophehad, the son of Hepher, the son of Gilead, the son of Machir, the son of Manasseh, of the families of Manasseh, the son of Joseph, came forward: their names are Mahlah, Noah, and Hoglah, and Milcah, and Tirzah.सेलोफादका पाँच जना छोरीहरू थिए (सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा।

2 They came before Moses and Eleazar the priest and the chiefs and all the people at the door of the Tent of meeting, and said,तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,

3 Death overtook our father in the waste land; he was not among those who were banded together with Korah against the Lord; but death came to him in his sin; and he had no sons.“हाम्रा पिता मरूभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।

4 Why is the name of our father to be taken away from among his family, because he had no son? Give us a heritage among our father's brothers.उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाईहरूको बराबरमा जमीन दिनुहोस्।”

5 So Moses put their cause before the Lord.यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे।

6 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नुभयो,

7 What the daughters of Zelophehad say is right: certainly you are to give them a heritage among their father's brothers: and let the property which would have been their father's go to them.“सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसंगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाईहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।

8 And say to the children of Israel, If a man has no son at the time of his death, let his heritage go to his daughter.“इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्।

9 And if he has no daughter, then give his heritage to his brothers.उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाईले पाउनेछ।

10 And if he has no brothers, then give his heritage to his father's brothers.फेरि यदि उसको दाज्यू-भाई नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ।

11 And if his father has no brothers, then give it to his nearest relation in the family, as his heritage: this is to be a decision made by law for the children of Israel, as the Lord gave orders to Moses.उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।”‘

12 And the Lord said to Moses, Go up into this mountain of Abarim so that you may see the land which I have given to the children of Israel.त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरूभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ।

13 And when you have seen it, you will be put to rest with your people, as your brother Aaron was:त्यो भूमि देखे पछि तिम्रो दाज्यु हारून जस्तै तिमी पनि मर्नेछौ।

14 Because in the waste land of Zin, when the people were angry, you and he went against my word and did not keep my name holy before their eyes, at the waters. (These are the waters of Meribah in Kadesh in the waste land of Zin.)किनभने, सीनैको मरूभूमिमा मानिसहरूले पानीको निम्ति मसंग माग्दा तिमीले मेरो आज्ञा उलघंन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरूभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)

15 Then Moses said to the Lord,मोशाले परमप्रभुलाई भन्नुभयो,

16 Let the Lord, the God of the spirits of all flesh, put a man at the head of this people,“परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु। म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।

17 To go out and come in before them and be their guide; so that the people of the Lord may not be like sheep without a keeper.म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”

18 And the Lord said to Moses, Take Joshua, the son of Nun, a man in whom is the spirit, and put your hand on him;त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर।

19 And take him before Eleazar the priest and all the meeting of the people, and give him his orders before their eyes.तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।

20 And put your honour on him, so that all the children of Israel may be under his authority.“उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ।

21 He will take his place before Eleazar the priest, so that he may get directions from the Lord for him, with the Urim: at his word they will go out, and at his word they will come in, he and all the children of Israel.यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”

22 So Moses did as the Lord said: he took Joshua and put him before Eleazar the priest and the meeting of the people:परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए।

23 And he put his hands on him and gave him his orders, as the Lord had said by Moses.त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।

Nepali Bible