Numbers 24 - YLT (Nepali)
1 And Balaam seeth that `it is' good in the eyes of Jehovah to bless Israel, and he hath not gone as time by time to meet enchantments, and he setteth towards the wilderness his face;जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।
2 and Balaam lifteth up his eyes, and seeth Israel tabernacling, by its tribes, and the Spirit of God is upon him,जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।
3 and he taketh up his simile, and saith: `An affirmation of Balaam son of Beor -- And an affirmation of the man whose eyes are shut --अनि बिलामले यो अगमवाणी दिएः“यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।
4 An affirmation of him who is hearing sayings of God -- Who a vision of the Almighty seeth, Falling -- and eyes uncovered:म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।
5 How good have been thy tents, O Jacob, Thy tabernacles, O Israel;“हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्। हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।
6 As valleys they have been stretched out, As gardens by a river; As aloes Jehovah hath planted, As cedars by waters;तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।
7 He maketh water flow from his buckets, And his seed `is' in many waters; And higher than Agag `is' his king, And exalted is his kingdom.तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्। अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढनेछ।
8 God is bringing him out of Egypt; As the swiftness of a Reem is to him, He eateth up nations his adversaries, And their bones he breaketh, And `with' his arrows he smiteth,“परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन् र तिनीहरूको हड्डी फुटेर चूर पर्नेछ अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।
9 He hath bent, he hath lain down as a lion, And as a lioness: who doth raise him up? He who is blessing thee `is' blessed, And he who is cursing thee `is' cursed.'“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
10 And the anger of Balak burneth against Balaam, and he striketh his hands; and Balak saith unto Balaam, `To pierce mine enemies I called thee, and lo, thou hast certainly blessed -- these three times;बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।
11 and now, flee for thyself unto thy place; I have said, I do greatly honour thee, and lo, Jehovah hath kept thee back from honour.'अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिंए कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बञ्चित गराउनु भयो।”
12 And Balaam saith unto Balak, `Did I not also unto thy messengers whom thou hast sent unto me, speak, saying,बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।
13 If Balak doth give to me the fulness of his house of silver and gold, I am not able to pass over the command of Jehovah, to do good or evil of mine own heart -- that which Jehovah speaketh -- it I speak?‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ?’ म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।
14 and, now, lo, I am going to my people; come, I counsel thee `concerning' that which this people doth to thy people, in the latter end of the days.'अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”
15 And he taketh up his simile, and saith: `An affirmation of Balaam son of Beor -- And an affirmation of the man whose eyes `are' shut --तब बिलामले यी कुराहरू भनेः“यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासंग देख्न सक्छ,
16 An affirmation of him who is hearing sayings of God -- And knowing knowledge of the Most High; A vision of the Almighty he seeth, Falling -- and eyes uncovered:कसले परमेश्वरको वचन सुन्न सक्छ अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्छु।
17 I see it, but not now; I behold it, but not near; A star hath proceeded from Jacob, And a sceptre hath risen from Israel, And hath smitten corners of Moab, And hath destroyed all sons of Sheth.“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
18 And Edom hath been a possession, And Seir hath been a possession, `for' its enemies, And Israel is doing valiantly;इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।
19 And `one' doth rule out of Jacob, And hath destroyed a remnant from Ar.'“याकूबको वंशबाट शासक आउनेछ, र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
20 And he seeth Amalek, and taketh up his simile, and saith: `A beginning of the Goyim `is' Amalek; And his latter end -- for ever he perisheth.'बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः“राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”
21 And he seeth the Kenite, and taketh up his simile, and saith: `Enduring `is' thy dwelling, And setting in a rock thy nest,तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः“चट्टानमा बनिएको गुँड जस्तै तिमीहरू सुरक्षित छौ।
22 But the Kenite is for a burning; Till when doth Asshur keep thee captive?'तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”
23 And he taketh up his simile, and saith: `Alas! who doth live when God doth this?बिलामले तब फेरि अगमवाणी बोलेः“हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?
24 And -- ships `are' from the side of Chittim, And they have humbled Asshur, And they have humbled Eber, And it also for ever is perishing.'जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
25 And Balaam riseth, and goeth, and turneth back to his place, and Balak also hath gone on his way.त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।
Nepali Bible