Numbers 24 - WBT (Nepali)
1 And when Balaam saw that it pleased the LORD to bless Israel, he went not, as at other times, to seek for enchantments, but he set his face toward the wilderness.जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।
2 And Balaam lifted up his eyes, and he saw Israel abiding in his tents according to their tribes, and the spirit of God came upon him.जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।
3 And he took up his parable, and said, Balaam the son of Beor hath said, and the man whose eyes are open hath said:अनि बिलामले यो अगमवाणी दिएः“यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।
4 He hath said, who heard the words of God, who saw the vision of the Almighty, falling into a trance, but having his eyes open:म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।
5 How goodly are thy tents, O Jacob, and thy tabernacles, O Israel!“हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्। हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।
6 As the valleys are they spread forth, as gardens by the river's side, as the trees of lign-aloes which the LORD hath planted, and as cedar-trees beside the waters.तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।
7 He shall pour the water out of his buckets, and his seed shall be in many waters, and his king shall be higher than Agag, and his kingdom shall be exalted.तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्। अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढनेछ।
8 God brought him forth from Egypt; he hath as it were the strength of a unicorn: he shall eat up the nations his enemies, and shall break their bones, and pierce them through with his arrows.“परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन् र तिनीहरूको हड्डी फुटेर चूर पर्नेछ अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।
9 He couched, he lay down as a lion, and as a great lion: who shall rouse him? Blessed is he that blesseth thee, and cursed is he that curseth thee.“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
10 And Balak's anger was kindled against Balaam, and he smote his hands together: and Balak said to Balaam, I called thee to curse my enemies, and behold, thou hast altogether blessed them these three times.बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।
11 Therefore now flee thou to thy place: I thought to promote thee to great honor; but lo, the LORD hath kept thee back from honor.अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिंए कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बञ्चित गराउनु भयो।”
12 And Balaam said to Balak, Did I not speak also to thy messengers whom thou sentest to me, saying,बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।
13 If Balak would give me his house full of silver and gold, I could not go beyond the commandment of the LORD, to do either good or bad of my own mind; but what the LORD saith, that will I speak?‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ?’ म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।
14 And now, behold, I go to my people: come therefore, I will advertise thee what this people will do to thy people in the latter days.अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”
15 And he took up his parable, and said, Balaam the son of Beor hath said, and the man whose eyes are open hath said:तब बिलामले यी कुराहरू भनेः“यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासंग देख्न सक्छ,
16 He hath said, who heard the words of God, and knew the knowledge of the Most High, who saw the vision of the Almighty, falling into a trance, but having his eyes open:कसले परमेश्वरको वचन सुन्न सक्छ अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्छु।
17 I shall see him, but not now: I shall behold him, but not nigh: there shall come a Star out of Jacob, and a Scepter shall rise out of Israel, and shall smite the corners of Moab, and destroy all the children of Sheth.“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
18 And Edom shall be a possession, Seir also shall be a possession for his enemies; and Israel shall do valiantly.इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।
19 Out of Jacob shall come he that shall have dominion, and shall destroy him that remaineth of the city.“याकूबको वंशबाट शासक आउनेछ, र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
20 And when he looked on Amalek, he took up his parable, and said, Amalek was the first of the nations, but his latter end shall be that he shall perish for ever.बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः“राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”
21 And he looked on the Kenites, and took up his parable, and said, Strong is thy dwelling-place, and thou puttest thy nest in a rock.तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः“चट्टानमा बनिएको गुँड जस्तै तिमीहरू सुरक्षित छौ।
22 Nevertheless, the Kenite shall be wasted, until Asher shall carry thee away captive.तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”
23 And he took up his parable, and said, Alas, who shall live when God doeth this!बिलामले तब फेरि अगमवाणी बोलेः“हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?
24 And ships shall come from the coast of Chittim, and shall afflict Ashur, and shall afflict Eber, and he also shall perish for ever.जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
25 And Balaam arose, and went and returned to his place: and Balak also went his way.त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।
Nepali Bible