Bible

Numbers 22 - WBT (Nepali)

1 And the children of Israel moved forward, and pitched in the plains of Moab on this side of Jordan by Jericho.त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।

2 And Balak the son of Zippor saw all that Israel had done to the Amorites.एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे।

3 And Moab was greatly afraid of the people, because they were many: and Moab was distressed because of the children of Israel.इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।

4 And Moab said to the elders of Midian, Now shall this company lick up all that are around us, as the ox licketh up the grass of the field. And Balak the son of Zippor was king of the Moabites at that time.मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।”सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए।

5 He sent messengers therefore to Balaam the son of Beor to Pethor, which is by the river of the land of the children of his people, to call him, saying, Behold, there has a people come out from Egypt: behold, they cover the face of the earth, and they abide over against me:बालाकले बओरको छोरा बिलामलाई निमन्त्रण गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ। अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्।

6 Come now therefore, I pray thee, Curse for me this people; for they are too mighty for me: it may be I shall prevail, that we may smite them, and that I may drive them out of the land: for I know that he whom thou blessest is blessed, and he whom thou cursest is cursed.यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशिर्बाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

7 And the elders of Moab and the elders of Midian departed with the rewards of divination in their hand; and they came to Balaam, and spoke to him the words of Balak.मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसंग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।

8 And he said to them, Lodge here this night, and I will bring you word again, as the LORD shall speak to me: and the princes of Moab abode with Balaam.तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।

9 And God came to Balaam, and said, What men are these with thee?सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?”

10 And Balaam said to God, Balak the son of Zippor, king of Moab, hath sent to me, saying,बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्।

11 Behold, there has a people come out of Egypt, which covereth the face of the earth: come now, curse them for me: it may be I shall be able to overcome them, and drive them out.उनको सन्देश थियो “हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”

12 And God said to Balaam, Thou shalt not go with them; thou shalt not curse the people: for they are blessed.परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू म द्वारा अशिषित छन्।”

13 And Balaam rose in the morning, and said to the princes of Balak, Depart into your land: for the LORD refuseth to give me leave to go with you.त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”

14 And the princes of Moab rose up, and they went to Balak, and said, Balaam refuseth to come with us.यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”

15 And Balak sent yet again princes, more, and more honorable than they.“एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए।

16 And they came to Balaam, and said to him, Thus saith Balak the son of Zippor, Let nothing, I pray thee, hinder thee from coming to me:तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ, दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्।

17 For I will promote thee to very great honor, and I will do whatever thou sayest to me: come therefore, I pray thee, curse this people for me.किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

18 And Balaam answered and said to the servants of Balak, If Balak would give me his house full of silver and gold, I could not go beyond the word of the LORD my God, to do less or more.तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ।

19 Now therefore, I pray you, tarry ye also here this night, that I may know what the LORD will say to me more.यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहि बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”

20 And God came to Balaam at night, and said to him, If the men come to call thee, rise and go with them; but yet the word which I shall say to thee, that shalt thou perform.त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”

21 And Balaam rose in the morning, and saddled his ass, and went with the princes of Moab.यसकारण बिलामले बिहानै उठेर जीन लगाम कसे। त्यसपछि तिनी ती मोआबबाट आएका बूढा-प्रधानहरू संग गए।

22 And God's anger was kindled because he went: and the angel of the LORD stood in the way for an adversary against him. Now he was riding upon his ass, and his two servants were with him.बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुईजना सेवकहरू पनि तिनीसित थिए।

23 And the ass saw the angel of the LORD standing in the way, and his sword drawn in his hand: and the ass turned aside out of the way, and went into the field: and Balaam smote the ass, to turn her into the way.जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो।

24 But the angel of the LORD stood in a path of the vineyards, a wall being on this side, and a wall on that side.त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए,

25 And when the ass saw the angel of the LORD, she thrust herself against the wall, and crushed Balaam's foot against the wall: and he smote her again.जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।

26 And the angel of the LORD went further, and stood in a narrow place, where was no way to turn either to the right hand or to the left.त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए।

27 And when the ass saw the angel of the LORD, she fell down under Balaam: and Balaam's anger was kindled, and he smote the ass with a staff.परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।

28 And the LORD opened the mouth of the ass, and she said to Balaam, What have I done to thee, that thou hast smitten me these three times?त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”

29 And Balaam said to the ass, Because thou hast mocked me: I would there were a sword in my hand, for now would I kill thee.तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तपाईं अहिले मार्ने थिएँ।”

30 And the ass said to Balaam, Am not I thy ass, upon which thou hast rid ever since I was thine to this day? was I ever wont to do so to thee? And he said, Nay.गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइन्? के मैले यस्तो अघि कहिले गरेको थिएँ? बिलामले भने, होइन्।”

31 Then the LORD opened the eyes of Balaam, and he saw the angel of the LORD standing in the way, and his sword drawn in his hand: and he bowed down his head, and fell flat on his face.त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।

32 And the angel of the LORD said to him, Why hast thou smitten thy ass these three times? behold, I went out to withstand thee, because thy way is perverse before me:तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ।

33 And the ass saw me, and turned from me these three times: unless she had turned from me, surely now also I had slain thee, and saved her alive.जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”

34 And Balaam said to the angel of the LORD, I have sinned; for I knew not that thou stoodest in the way against me: now therefore, if it displeaseth thee, I will return again.तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”

35 And the angel of the LORD said to Balaam, Go with the men: but only the word that I shall speak to thee, that thou shalt speak: So Balaam went with the princes of Balak.तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसंग गए।”

36 And when Balak heard that Balaam had come, he went out to meet him to a city of Moab, which is in the border of Arnon, which is in the utmost limit.जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए।

37 And Balak said to Balaam, Did I not earnestly send to thee to call thee? why camest thou not to me? am I not able indeed to promote thee to honor?बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?”

38 And Balaam said to Balak, Lo, I have come to thee: have I now any power at all to say any thing? the word that God putteth in my mouth, that shall I speak.त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”

39 And Balaam went with Balak, and they came to Kirjath-huzoth.त्यसपछि बिलाम बालाकसित गए। अनि तिनीहरू किर्यत-हुसोतमा आए।

40 And Balak offered oxen and sheep, and sent to Balaam, and to the princes that were with him.बालाकले गोरूहरू र भेडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए।

41 And it came to pass on the morrow, that Balak took Balaam, and conducted him to the high places of Baal, that thence he might see the utmost part of the people.भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत- बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।

Nepali Bible