Numbers 15 - WEB (Nepali)
1 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
2 Speak to the children of Israel, and tell them, When you are come into the land of your habitations, which I give to you,“इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पस्छौ,
3 and will make an offering by fire to Yahweh, a burnt offering, or a sacrifice, to accomplish a vow, or as a freewill-offering, or in your set feasts, to make a sweet savor to Yahweh, of the herd, or of the flock;तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेडा अथवा बाख्राहरू चढाउनेछौ।
4 then shall he who offers his offering offer to Yahweh a meal-offering of a tenth part [of an ephah] of fine flour mixed with the fourth part of a hin of oil:“एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।
5 and wine for the drink-offering, the fourth part of a hin, shall you prepare with the burnt offering, or for the sacrifice, for each lamb.जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।
6 Or for a ram, you shall prepare for a meal-offering two tenth parts [of an ephah] of fine flour mixed with the third part of a hin of oil:“यदि तिमी भेडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ।
7 and for the drink-offering you shall offer the third part of a hin of wine, of a sweet savor to Yahweh.अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।
8 When you prepare a bull for a burnt offering, or for a sacrifice, to accomplish a vow, or for peace-offerings to Yahweh;“तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ।
9 then shall he offer with the bull a meal-offering of three tenth parts [of an ephah] of fine flour mixed with half a hin of oil:त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ।
10 and you shall offer for the drink-offering half a hin of wine, for an offering made by fire, of a sweet savor to Yahweh.अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ।
11 Thus shall it be done for each bull, or for each ram, or for each of the he-lambs, or of the kids.प्रत्येक साँढे अथवा भेडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ।
12 According to the number that you shall prepare, so shall you do to everyone according to their number.यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।
13 All who are home-born shall do these things after this manner, in offering an offering made by fire, of a sweet savor to Yahweh.“इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ।
14 If a stranger lives as a foreigner with you, or whoever may be among you throughout your generations, and will offer an offering made by fire, of a sweet savor to Yahweh; as you do, so he shall do.यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ।
15 For the assembly, there shall be one statute for you, and for the stranger who lives as a foreigner [with you], a statute forever throughout your generations: as you are, so shall the foreigner be before Yahweh.यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बासो गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्।
16 One law and one ordinance shall be for you, and for the stranger who lives as a foreigner with you.त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”
17 Yahweh spoke to Moses, saying,“परमप्रभुले मोशालाई भन्नुभयो,
18 Speak to the children of Israel, and tell them, When you come into the land where I bring you,“इस्राएलका मानिसहरूलाई भनः जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ,
19 then it shall be that when you eat of the bread of the land, you shall offer up a heave-offering to Yahweh.अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ।
20 Of the first of your dough you shall offer up a cake for a heave-offering: as the heave-offering of the threshing floor, so shall you heave it.तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ।
21 Of the first of your dough you shall give to Yahweh a heave-offering throughout your generations.यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।
22 When you shall err, and not observe all these commandments, which Yahweh has spoken to Moses,“अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौ भने के गर्नुपर्छ?
23 even all that Yahweh has commanded you by Moses, from the day that Yahweh gave commandment, and onward throughout your generations;मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्।
24 then it shall be, if it be done unwittingly, without the knowledge of the congregation, that all the congregation shall offer one young bull for a burnt offering, for a sweet savor to Yahweh, with the meal-offering of it, and the drink-offering of it, according to the ordinance, and one male goat for a sin-offering.यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।
25 The priest shall make atonement for all the congregation of the children of Israel, and they shall be forgiven; for it was an error, and they have brought their offering, an offering made by fire to Yahweh, and their sin-offering before Yahweh, for their error:“यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्।
26 and all the congregation of the children of Israel shall be forgiven, and the stranger who lives as a foreigner among them; for in respect of all the people it was done unwittingly.त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।
27 If one person sin unwittingly, then he shall offer a female goat a year old for a sin-offering.“तर यदि एउटाले अञ्जानमा पाप गर्छ भने, एक वर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ।
28 The priest shall make atonement for the soul who errs, when he sins unwittingly, before Yahweh, to make atonement for him; and he shall be forgiven.यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रायश्चित गराउने छ जसले अञ्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ।
29 You shall have one law for him who does anything unwittingly, for him who is home-born among the children of Israel, and for the stranger who lives as a foreigner among them.इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।
30 But the soul who does anything with a high hand, whether he is home-born or a foreigner, the same blasphemes Yahweh; and that soul shall be cut off from among his people.“तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।
31 Because he has despised the word of Yahweh, and has broken his commandment, that soul shall utterly be cut off; his iniquity shall be on him.किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडे र परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”
32 While the children of Israel were in the wilderness, they found a man gathering sticks on the Sabbath day.जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।
33 Those who found him gathering sticks brought him to Moses and Aaron, and to all the congregation.ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए।
34 They put him in custody, because it had not been declared what should be done to him.तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
35 Yahweh said to Moses, The man shall surely be put to death: all the congregation shall stone him with stones outside of the camp.तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
36 All the congregation brought him outside of the camp, and stoned him to death with stones; as Yahweh commanded Moses.यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
37 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
38 Speak to the children of Israel, and bid those who they make them fringes in the borders of their garments throughout their generations, and that they put on the fringe of each border a cord of blue:“इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध।
39 and it shall be to you for a fringe, that you may look on it, and remember all the commandments of Yahweh, and do them; and that you not follow after your own heart and your own eyes, after which you use to play the prostitute;यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ।
40 that you may remember and do all my commandments, and be holy to your God.तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।
41 I am Yahweh your God, who brought you out of the land of Egypt, to be your God: I am Yahweh your God.म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
Nepali Bible