Bible

Numbers 14 - WEB (Nepali)

1 All the congregation lifted up their voice, and cried; and the people wept that night.सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे।

2 All the children of Israel murmured against Moses and against Aaron: and the whole congregation said to them, Would that we had died in the land of Egypt! or would that we had died in this wilderness!इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरूभूमिमा मरेको भए राम्रो हुनेथियो।

3 Why does Yahweh bring us to this land, to fall by the sword? Our wives and our little ones will be a prey: wouldn't it be better for us to return into Egypt?किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”

4 They said one to another, Let us make a captain, and let us return into Egypt.तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौ र मिश्रदेश फर्कौ।”

5 Then Moses and Aaron fell on their faces before all the assembly of the congregation of the children of Israel.सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे।

6 Joshua the son of Nun and Caleb the son of Jephunneh, who were of those who spied out the land, tore their clothes:नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुईजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूको दुःख।

7 and they spoke to all the congregation of the children of Israel, saying, The land, which we passed through to spy it out, is an exceeding good land.यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ।

8 If Yahweh delight in us, then he will bring us into this land, and give it to us; a land which flows with milk and honey.यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमिमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ।

9 Only don't rebel against Yahweh, neither fear the people of the land; for they are bread for us: their defense is removed from over them, and Yahweh is with us: don't fear them.यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”

10 But all the congregation bade stone them with stones. The glory of Yahweh appeared in the tent of meeting to all the children of Israel.तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो।

11 Yahweh said to Moses, How long will this people despise me? and how long will they not believe in me, for all the signs which I have worked among them?परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?

12 I will strike them with the pestilence, and disinherit them, and will make of you a nation greater and mightier than they.तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”

13 Moses said to Yahweh, Then the Egyptians will hear it; for you brought up this people in your might from among them;तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो।

14 and they will tell it to the inhabitants of this land. They have heard that you Yahweh are in the midst of this people; for you Yahweh are seen face to face, and your cloud stands over them, and you go before them, in a pillar of cloud by day, and in a pillar of fire by night.अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ।

15 Now if you shall kill this people as one man, then the nations which have heard the fame of you will speak, saying,यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्,

16 Because Yahweh was not able to bring this people into the land which he swore to them, therefore he has slain them in the wilderness.‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरूभूमिमा मार्नुभयो।’

17 Now please let the power of the Lord be great, according as you have spoken, saying,“यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्।

18 Yahweh is slow to anger, and abundant in loving kindness, forgiving iniquity and disobedience; and that will by no means clear [the guilty], visiting the iniquity of the fathers on the children, on the third and on the fourth generation.तपाईंले भन्नुभयो, ‘परमप्रभु ढिलो क्रोधित हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’

19 Pardon, Please, the iniquity of this people according to the greatness of your loving kindness, and according as you have forgiven this people, from Egypt even until now.अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”

20 Yahweh said, I have pardoned according to your word:परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु।

21 but in very deed, as I live, and as all the earth shall be filled with the glory of Yahweh;तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ,

22 because all those men who have seen my glory, and my signs, which I worked in Egypt and in the wilderness, yet have tempted me these ten times, and have not listened to my voice;ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्,

23 surely they shall not see the land which I swore to their fathers, neither shall any of those who despised me see it:यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।

24 but my servant Caleb, because he had another spirit with him, and has followed me fully, him will I bring into the land into which he went; and his seed shall possess it.तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुसरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ।

25 Now the Amalekite and the Canaanite dwell in the valley: tomorrow turn you, and get you into the wilderness by the way to the Red Sea.अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरूभूमिमा फर्की जाऊ।”

26 Yahweh spoke to Moses and to Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

27 How long [shall I bear] with this evil congregation, that murmur against me? I have heard the murmurings of the children of Israel, which they murmur against me.“मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।

28 Tell them, As I live, says Yahweh, surely as you have spoken in my ears, so will I do to you:तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो।

29 your dead bodies shall fall in this wilderness; and all who were numbered of you, according to your whole number, from twenty years old and upward, who have murmured against me,तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस वर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरूभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ।

30 surely you shall not come into the land, concerning which I swore that I would make you dwell therein, save Caleb the son of Jephunneh, and Joshua the son of Nun.यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्।

31 But your little ones, that you said should be a prey, them will I bring in, and they shall know the land which you have rejected.तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ।

32 But as for you, your dead bodies shall fall in this wilderness.तर तिनीहरूको निम्ति तिमीहरू यही मरूभूमिमा नै मर्ने छौ।

33 Your children shall be wanderers in the wilderness forty years, and shall bear your prostitution, until your dead bodies be consumed in the wilderness.“तिमीहरूका नानीहरू मरूभूमिमा चालीस वर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरूभूमिमा सबै जना नमरूञ्जेल सम्म कष्ट भोग्नेछन्।

34 After the number of the days in which you spied out the land, even forty days, for every day a year, shall you bear your iniquities, even forty years, and you shall know my alienation.त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।

35 I, Yahweh, have spoken, surely this will I do to all this evil congregation, who are gathered together against me: in this wilderness they shall be consumed, and there they shall die.“‘म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरूभूमिमा यिनीहरू मर्छन्।”‘

36 The men, whom Moses sent to spy out the land, who returned, and made all the congregation to murmur against him, by bringing up an evil report against the land,ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जांच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए।

37 even those men who did bring up an evil report of the land, died by the plague before Yahweh.ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो।

38 But Joshua the son of Nun, and Caleb the son of Jephunneh, remained alive of those men who went to spy out the land.तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुईजनालाई परमप्रभुले रक्षा गर्नुभयो।

39 Moses told these words to all the children of Israel: and the people mourned greatly.जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए।

40 They rose up early in the morning, and got them up to the top of the mountain, saying, Behold, we are here, and will go up to the place which Yahweh has promised: for we have sinned.बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”

41 Moses said, Why now do you disobey the commandment of Yahweh, seeing it shall not prosper?तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ।

42 Don't go up, for Yahweh isn't among you; that you not be struck down before your enemies.त्यसभूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन।

43 For there the Amalekite and the Canaanite are before you, and you shall fall by the sword: because you are turned back from following Yahweh, therefore Yahweh will not be with you.त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लडनेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाँईमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”

44 But they presumed to go up to the top of the mountain: nevertheless the ark of the covenant of Yahweh, and Moses, didn't depart out of the camp.तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन।

45 Then the Amalekite came down, and the Canaanite who lived in that mountain, and struck them and beat them down, even to Hormah.त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।

Nepali Bible