लूका 5:32 in Nepali

नेपाली नेपाली बाइबल लूका लूका 5 लूका 5:32

Luke 5:32
म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”

Luke 5:31Luke 5Luke 5:33

Luke 5:32 in Other Translations

King James Version (KJV)
I came not to call the righteous, but sinners to repentance.

American Standard Version (ASV)
I am not come to call the righteous but sinners to repentance.

Bible in Basic English (BBE)
I have come, not to get the upright, but sinners, so that they may be turned from their sins.

Darby English Bible (DBY)
I am not come to call righteous [persons], but sinful [ones] to repentance.

World English Bible (WEB)
I have not come to call the righteous, but sinners to repentance."

Young's Literal Translation (YLT)
I came not to call righteous men, but sinners, to reformation.'

I
came
οὐκoukook
not
ἐλήλυθαelēlythaay-LAY-lyoo-tha
to
call
καλέσαιkalesaika-LAY-say
righteous,
the
δικαίουςdikaiousthee-KAY-oos
but
ἀλλὰallaal-LA
sinners
ἁμαρτωλοὺςhamartōlousa-mahr-toh-LOOS
to
εἰςeisees
repentance.
μετάνοιανmetanoianmay-TA-noo-an

Cross Reference

प्रेरित 5:31
येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्।

प्रेरित 3:19
यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ र्फक अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ।

लूका 24:47
तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्।

लूका 15:10
त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”

लूका 15:7
त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।

प्रेरित 26:18
तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अन्ध्यारोबाट उज्यालोमा र्फकनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसंग एक बनाइनेछ।”‘

1 कोरिन्थी 6:9
मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।

1 तिमोथी 1:15
म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।

2 तिमोथी 2:25
आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरुले सत्यलाई स्वीकार गर्न सक्छन्।

2 पत्रुस 3:9
जस्तो अरु मानिसहरुले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरु प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्त्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।

प्रेरित 20:21
मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिणत गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।

प्रेरित 17:30
त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”

यशैया 57:15
परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”

मत्ती 18:10
‘होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्।

मर्कूस 15:7
त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।

मर्कूस 15:10
पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।

लूका 4:18
परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

लूका 18:10
“कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।

लूका 19:10
मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।”:14-30)

प्रेरित 2:38
पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनछौ।

प्रेरित 3:26
तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ। ’परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”

यशैया 55:6
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।