Bible

John 12 - BBE (Nepali)

1 Then, six days before the Passover, Jesus came to Bethany where Lazarus was, whom Jesus had made to come back from the dead.निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।

2 So they made him a meal there, and he was waited on by Martha, and Lazarus was among those who were seated with him at table.बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँडने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए।

3 Then Mary, taking a pound of perfumed oil of great value, put it on the feet of Jesus and made them dry with her hair: and the house became full of the smell of the perfume.मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।

4 But one of his disciples, Judas Iscariot (who was to give him up), said,यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन।

5 Why was not this perfume traded for three hundred pence, and the money given to the poor?उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वदलामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”

6 (He said this, not because he had any love for the poor; but because he was a thief, and, having the money-bag, took for himself what was put into it.)यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।

7 Then Jesus said, Let her be. Let her keep what she has for the day of my death.तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।

8 The poor you have ever with you, but me you have not for ever.गरीब मानिसहरू सधैं तिमीसंग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”

9 Then a great number of the Jews had news that he was there: and they came, not only because of Jesus, but so that they might see Lazarus who had been dead and to whom he had given life.येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।

10 Now there was talk among the chief priests of putting Lazarus to death;यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।

11 For because of him a great number of the Jews went away and had belief in Jesus.लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।

12 The day after, a great number of people who were there for the feast, when they had the news that Jesus was coming to Jerusalem,अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए

13 Took branches of palm-trees and went out to him, crying, A blessing on him who comes in the name of the Lord, the King of Israel!मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,“उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’भजनसंग्रह 118:25-26परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”

14 And Jesus saw a young ass and took his seat on it; as the Writings say,येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढनु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयोः

15 Have no fear, daughter of Zion: see your King is coming, seated on a young ass.हे सियोन शहरनडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उहाँ गधाको बछेडमाथि चडेर आइरहेका छन्।”

16 (These things were not clear to his disciples at first: but when Jesus had been lifted up into his glory, then it came to their minds that these things in the Writings were about him and that they had been done to him.)येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

17 Now the people who were with him when his voice came to Lazarus in the place of the dead, and gave him life again, had been talking about it.जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।

18 And that was the reason the people went out to him, because it had come to their ears that he had done this sign.धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।

19 Then the Pharisees said one to another, You see, you are unable to do anything: the world has gone after him.यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”

20 Now there were some Greeks among the people who had come up to give worship at the feast:तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।

21 They came to Philip, who was of Beth-saida in Galilee, and made a request, saying, Sir, we have a desire to see Jesus.ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।”

22 Philip went and gave word of it to Andrew; and Andrew went with Philip to Jesus.फिलिप गएर येशूलाई भने। अनि फिलिप र अन्द्रियास गएर येशूलाई भने।

23 And Jesus said to them in answer, The hour of the glory of the Son of man has come.येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।

24 Truly I say to you, If a seed of grain does not go into the earth and come to an end, it is still a seed and no more; but through its death it gives much fruit.म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।

25 He who is in love with life will have it taken from him; and he who has no care for his life in this world will keep it for ever and ever.जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।

26 If any man is my servant, let him come after me; and where I am, there will my servant be. If any man becomes my servant, my Father will give him honour.जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।

27 Now is my soul troubled; and what am I to say? Father, keep me from this hour. No: for this purpose have I come to this hour.“अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्? होइन, यस्तो बेलामा म आउनको कारण नै दुखः पाउनुका निम्ति हो।”

28 Father, give glory to your name. Then there came a voice out of heaven, saying, I have given it glory, and I will give it glory again.हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”

29 Hearing the sound, a number of people who were there said that it was thunder: others said, An angel was talking to him.उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।तर अरू मानिसहरूले भने, स्वर्गदूत उहाँसँग बोले!”

30 Jesus said in answer, This voice came not for me but for you.येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।

31 Now is this world to be judged: now will the ruler of this world be sent out.अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ।

32 And I, if I am lifted up from the earth, will make all men come to me.म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।”

33 (This he said, pointing to the sort of death he would have.)उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।

34 Then the people in answer said to him, The law says that the Christ will have life without end: how say you then that it is necessary for the Son of man to be lifted up? Who is this Son of man?मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”

35 Jesus said to them, For a little time longer the light will be among you; while you have the light go on walking in it, so that the dark may not overtake you: one walking in the dark has no knowledge of where he is going.तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।

36 In so far as you have the light, put your faith in the light so that you may become sons of light. With these words Jesus went away and for a time was not seen again by them.यसर्थ ज्योति जब सम्म तिमीहरूसंग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।

37 But though he had done such a number of signs before them, they still had no belief in him:यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।

38 So that the words of the prophet Isaiah might come true, when he said, Lord, who has any belief in our preaching? and the arm of the Lord, to whom has it been unveiled?अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गरयो? परमप्रभुको शक्ति कसले देख्यो?”

39 For this reason they were unable to have belief, because Isaiah said again,यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,

40 He has made their eyes blind, and their hearts hard; for fear that they might see with their eyes and get knowledge with their hearts, and be changed, and I might make them well.“परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो। परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो। परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर तिनीहरूले हृदयले बुझ्न नसकोस भनेर नत्रता तिनीहरू मकहाँ निको हुन र्फकनेछन्।”

41 (Isaiah said these words because he saw his glory. His words were about him.)यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।

42 However, a number even of the rulers had belief in him, but because of the Pharisees they did not say so openly for fear that they might be shut out from the Synagogue:तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।

43 For the praise of men was dearer to them than the approval of God.ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।

44 Then Jesus said with a loud voice, He who has faith in me, has faith not in me, but in him who sent me.तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ।

45 And he who sees me, sees him who sent me.जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।

46 I have come as a light into the world, so that no one who has faith in me will go on living in the dark.म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।

47 And if any man gives ear to my words and does not keep them, I am not his judge: I did not come to be judge of the world but to give salvation to the world.म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।

48 He who puts me on one side and does not take my words to heart, is not without a judge: the word which I have said will be his judge on the last day.जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।

49 For I have not said it on my authority, but the Father who sent me gave me orders what to say and how to say it.किन? किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें।

50 And I have knowledge that his order is eternal life: so that the things which I say, I say them even as the Father says them to me.र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।”

Nepali Bible