Genesis 33 - BBE (Nepali)
1 Then Jacob, lifting up his eyes, saw Esau coming with his four hundred men. So he made a division of the children between Leah and Rachel and the two women-servants.याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसंग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा।
2 He put the servants and their children in front, Leah and her children after them, and Rachel and Joseph at the back.याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो।
3 And he himself, going before them, went down on his face to the earth seven times till he came near his brother.याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुञ्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।
4 Then Esau came running up to him, and folding him in his arms, gave him a kiss: and the two of them were overcome with weeping.एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए।
5 Then Esau, lifting up his eyes, saw the women and the children, and said, Who are these with you? And he said, The children whom God in his mercy has given to your servant.त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?”याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएका हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।”
6 Then the servants and their children came near, and went down on their faces.त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअघि निहुरिए।
7 And Leah came near with her children, and then Joseph and Rachel, and they did the same.त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।
8 And he said, What were all those herds which I saw on the way? And Jacob said, They were an offering so that I might have grace in my lord's eyes.एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?”याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”
9 But Esau said, I have enough; keep what is yours, my brother, for yourself.तर एसावले भने, “भाइ, तेंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”
10 And Jacob said, Not so; but if I have grace in your eyes, take them as a sign of my love, for I have seen your face as one may see the face of God, and you have been pleased with me.याकूबले भने, “होइन, म तिमीलाई बिन्ती गर्छु, यदि तिमीले मलाई स्वीकार गर्छौ भने यो मेरो उपहार पनि दया गरी स्वीकार र्गन् पर्छ। तिमीलाई दोस्रो पल्ट देख्न पाउँदा म अत्यन्तै आनन्दित छु। मलाई परमेश्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अन्यन्तै खुशी छु तिमीले मलाई स्वीकार्यौ।
11 Take my offering then, with my blessing; for God has been very good to me and I have enough: so at his strong request, he took it.यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
12 And he said, Let us go on our journey together, and I will go in front.त्यसपछि एसावले भने, “अब तैंले आफ्नो यात्रा जारी राख्न सक्छस र म तँसँगै जानेछु।”
13 But Jacob said, My lord may see that the children are only small, and there are young ones in my flocks and herds: one day's over-driving will be the destruction of all the flock.तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्।
14 Do you, my lord, go on before your servant; I will come on slowly, at the rate at which the cattle and the children are able to go, till I come to my lord at Seir.यसकारण तिमीअघि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाऊँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून् म तिमीलाई सेइरमा भेट्नेछु।”
15 And Esau said, Then keep some of my men with you. And he said, What need is there for that, if my lord is pleased with me?यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।”तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।”
16 So Esau, turning back that day, went on his way to Seir.यसकारण त्यो दिन एसाव सेइर फर्कियो।
17 And Jacob went on to Succoth, where he made a house for himself and put up tents for his cattle: for this reason the place was named Succoth.तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।
18 So Jacob came safely from Paddan-aram to the town of Shechem in the land of Canaan, and put up his tents near the town.यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो।
19 And for a hundred bits of money he got from the children of Hamor, the builder of Shechem, the field in which he had put up his tents.उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो।
20 And there he put up an altar, naming it El, the God of Israel.त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल” इस्राएलका परमेश्वर’ राख्यो।
Nepali Bible