Ezekiel 19:1
परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दुखको गीत गाउनु पर्छ!
Ezekiel 19:1 in Other Translations
King James Version (KJV)
Moreover take thou up a lamentation for the princes of Israel,
American Standard Version (ASV)
Moreover, take thou up a lamentation for the princes of Israel,
Bible in Basic English (BBE)
Take up now a song of grief for the ruler of Israel, and say,
Darby English Bible (DBY)
And thou, take thou up a lamentation for the princes of Israel,
World English Bible (WEB)
Moreover, take up a lamentation for the princes of Israel,
Young's Literal Translation (YLT)
And thou, lift up a lamentation unto princes of Israel,
| Moreover take thou up | וְאַתָּה֙ | wĕʾattāh | veh-ah-TA |
| שָׂ֣א | śāʾ | sa | |
| lamentation a | קִינָ֔ה | qînâ | kee-NA |
| for | אֶל | ʾel | el |
| the princes | נְשִׂיאֵ֖י | nĕśîʾê | neh-see-A |
| of Israel, | יִשְׂרָאֵֽל׃ | yiśrāʾēl | yees-ra-ALE |
Cross Reference
इजकिएल 27:2
“हे मानिसको छोरो! टायर शहरको विषयमा यो दुखको गीत गाऊ।
इजकिएल 26:17
तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँनेछन्।“‘हे टायर! तिमी प्रसिद्ध शहर थियौ। समुद्र पारिबाट मानिसहरू तिमीसित बस्नआए। तिमी प्रसिद्ध थियौ। तर अहिले तिमी केही छैनौ। तिमी समुद्रमा शक्तिशाली थियौ अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए। तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई भयभीत पार्यो।
2 राजा 24:6
यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगे गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए।
2 राजा 23:29
योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।
2 राजा 23:34
फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेको एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे।
2 राजा 24:12
यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।
2 राजा 25:5
बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेऊ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे।
इजकिएल 2:10
मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दुखका गीत, कथाहरू अनि चेताउनीहरू थिए।
इजकिएल 19:14
विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”
इजकिएल 32:18
“हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।
इजकिएल 32:16
“यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दुखको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दुखको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
इजकिएल 27:32
तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूँनेछन‘कोही टायर जस्तो छैन! समुद्रको बीचमा टायर नष्ट गरिदियो।
विलाप 5:12
हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्। तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
विलाप 4:20
राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”
यर्मिया 52:25
तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।
यर्मिया 52:10
रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारि्यो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।
2 इतिहास 36:3
तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए।
2 इतिहास 36:6
बाबेलका राजा नबूकदनेसरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेसरले राजा यहोयाकीमलाई बाबेलमा लगे।
2 इतिहास 36:10
बसन्तकालमा राजा नबूकदनेसरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।
यर्मिया 9:1
यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
यर्मिया 9:10
म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।
यर्मिया 9:17
यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ “अब, यी कुराहरूबारे विचार गर। ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ। ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
यर्मिया 13:17
यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथानपक्राऊ पर्नेछ।
यर्मिया 22:10
मरेको राजाको लागि नरूनु। उसको लागि विलाप नगर्नु, बरू त्यो राजाको लागि रूनु जसले यो ठाउँ नै छोडन बाध्य भएको छ। उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्। ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन।
यर्मिया 22:18
यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुखीत छु।’ भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दुखी छु।’
यर्मिया 22:28
के कोन्याहकसैले आफलको फुटेको भाँडा जस्तो हो जसलाई कसैले मन पराउँदैन? किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए? किन तिनीहरू नजानेको देशमा फ्याँकिए?
यर्मिया 22:30
परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख ‘उ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।”‘
यर्मिया 24:1
परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।
यर्मिया 24:8
“तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।
2 इतिहास 35:25
यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरूष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीहरू “शोक-गीतहरू” नाउँको पुस्तकमा लेखिएका छन्।