इजकिएल 15

1 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2 “हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।

3 के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउँनको निम्ति काठ निकाल्न सक्छौ? अँहँ!

4 यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ?

5 यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउँन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउँन सक्तैनौ!

6 यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।

7 “म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्।

8 म त्यस देशलाई पुरै नष्ट गर्नेछु किनभने तिनीहरूले मलाई धोका दिए।” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

1 And the word of the Lord came unto me, saying,

2 Son of man, What is the vine tree more than any tree, or than a branch which is among the trees of the forest?

3 Shall wood be taken thereof to do any work? or will men take a pin of it to hang any vessel thereon?

4 Behold, it is cast into the fire for fuel; the fire devoureth both the ends of it, and the midst of it is burned. Is it meet for any work?

5 Behold, when it was whole, it was meet for no work: how much less shall it be meet yet for any work, when the fire hath devoured it, and it is burned?

6 Therefore thus saith the Lord God; As the vine tree among the trees of the forest, which I have given to the fire for fuel, so will I give the inhabitants of Jerusalem.

7 And I will set my face against them; they shall go out from one fire, and another fire shall devour them; and ye shall know that I am the Lord, when I set my face against them.

8 And I will make the land desolate, because they have committed a trespass, saith the Lord God.