Bible

2 Peter 1 - DBY (Nepali)

1 Simon Peter, bondman and apostle of Jesus Christ, to them that have received like precious faith with us through [the] righteousness of our God and Saviour Jesus Christ:येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।तिमी सबै मानिसहरुप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरुले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।

2 Grace and peace be multiplied to you in [the] knowledge of God and of Jesus our Lord.तिमीहरुलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरुले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरुले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।

3 As his divine power has given to us all things which relate to life and godliness, through the knowledge of him that has called us by glory and virtue,येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरु छन्, किनभने हामी उनलाई जान्दछौ। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।

4 through which he has given to us the greatest and precious promises, that through these ye may become partakers of [the] divine nature, having escaped the corruption that is in the world through lust.यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरु दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरु इश्वरीय स्वभावका सहभागी होओ।

5 But for this very reason also, using therewith all diligence, in your faith have also virtue, in virtue knowledge,यसकारण यी कुराहरु तिमीहरुको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरुको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।

6 in knowledge temperance, in temperance endurance, in endurance godliness,अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।

7 in godliness brotherly love, in brotherly love love:अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरु प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरु प्रतिको स्नेहमा प्रेम थप।

8 for these things existing and abounding in you make [you] to be neither idle nor unfruitful as regards the knowledge of our Lord Jesus Christ;यदि यी जन्मै कुराहरु तिमीहरुमा छन् अनि तिनीहरु वृद्धि हुँदैछन् भने यी कुराहरुले तिमीहरुलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरुले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ।

9 for he with whom these things are not present is blind, short-sighted, and has forgotten the purging of his former sins.तर यदि कुनै व्यक्तिसित यी कुराहरु छैन भने उसले स्पष्ट देख्न सपर्थ पुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरुबाट स्वच्छ तुल्याइएको छ।

10 Wherefore the rather, brethren, use diligence to make your calling and election sure, for doing these things ye will never fall;मेरा भाइ-बहिनीहरु, परमेश्वरले तिमीहरुलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरु बोलाइएका हौ औ आफ्नो मानिसहरु बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरुले ती सबै कुराहरु मान्‌यौ भने तिमीहरु कहिल्यै ढल्ने छैनौ।

11 for thus shall the entrance into the everlasting kingdom of our Lord and Saviour Jesus Christ be richly furnished unto you.अनि तिमीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।

12 Wherefore I will be careful to put you always in mind of these things, although knowing [them] and established in the present truth.तिमीहरु या कुराहरु जान्दछौ। तिमीहरुसित भएका सत्यताको विषयमा तिमीहरु दृढ छौ। तर तिमीहरुलाई यी कुराहरु सम्झना गराउन म सदैव सहायता गर्नेछु।

13 But I account it right, as long as I am in this tabernacle, to stir you up by putting [you] in remembrance,म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरुलाई यी कुराहरु सम्झाउन उचित सम्झन्छु।

14 knowing that the putting off of my tabernacle is speedily [to take place], as also our Lord Jesus Christ has manifested to me;म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ।

15 but I will use diligence, that after my departure ye should have also, at any time, [in your power] to call to mind these things.म जति सक्छु तिमीहरुलाई सदैव यी कुराहरु स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरु सम्झन तिमीहरु समर्थ बनी रहौ।

16 For we have not made known to you the power and coming of our Lord Jesus Christ, following cleverly imagined fables, but having been eyewitnesses of *his* majesty.हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।

17 For he received from God [the] Father honour and glory, such a voice being uttered to him by the excellent glory: This is my beloved Son, in whom *I* have found my delight;येशूले माहनतम महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।”

18 and this voice *we* heard uttered from heaven, being with him on the holy mountain.अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।

19 And we have the prophetic word [made] surer, to which ye do well taking heed (as to a lamp shining in an obscure place) until [the] day dawn and [the] morning star arise in your hearts;यसले हामीलाई अगमवक्ताहरुले भनेका कुराहरुमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरुको भनाई अनुसरण गरेर तिमीहरुले राम्रो गर्नेछौ। उनीहरुको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरुको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ।

20 knowing this first, that [the scope of] no prophecy of scripture is had from its own particular interpretation,तिमीहरुले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणीकुनै अगमवक्तको व्याख्याबाट आएको होइन।

21 for prophecy was not ever uttered by [the] will of man, but holy men of God spake under the power of [the] Holy Spirit.किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।

Nepali Bible