1 Samuel 9 - WEB (Nepali)
1 Now there was a man of Benjamin, whose name was Kish, the son of Abiel, the son of Zeror, the son of Becorath, the son of Aphiah, the son of a Benjamite, a mighty man of valor.कीश बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कीश अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामीन परिवारका मानिस ओपीहकका छोरा थिए।
2 He had a son, whose name was Saul, an impressive young man; and there was not among the children of Israel a better person than he. From his shoulders and upward he was higher than any of the people.कीशका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिँदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए।
3 The donkeys of Kish, Saul's father, were lost. Kish said to Saul his son, Take now one of the servants with you, and arise, go seek the donkeys.एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।”
4 He passed through the hill-country of Ephraim, and passed through the land of Shalishah, but they didn't find them: then they passed through the land of Shaalim, and there they weren't there: and he passed through the land of the Benjamites, but they didn't find them.शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एप्रैमका पहाडी देश हुदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कीशका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्।
5 When they had come to the land of Zuph, Saul said to his servant who was with him, Come, and let us return, lest my father leave off caring for the donkeys, and be anxious for us.अन्त्यमा, शाऊल र उनका नोकर सूप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्कौ। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।”
6 He said to him, See now, there is in this city a man of God, and he is a man who is held in honor; all that he says comes surely to pass: now let us go there; peradventure he can tell us concerning our journey whereon we go.तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔ। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनुहुन्छ होला।”
7 Then said Saul to his servant, But, behold, if we go, what shall we bring the man? for the bread is spent in our vessels, and there is not a present to bring to the man of God: what have we?शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौ र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केहीभेंटी पनि छैन। हामी सँग दिने लायकको के छ र!”
8 The servant answered Saul again, and said, Behold, I have in my hand the fourth part of a shekel of silver: that will I give to the man of God, to tell us our way.फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”
9 (In earlier times in Israel, when a man went to inquire of God, thus he said, Come, and let us go to the seer; for he who is now called a Prophet was before called a Seer.)शाऊलले आफ्ना नोकरलाई भने, “त्यो असल सुझाव हो! हामी जाऔं!”
10 Then said Saul to his servant, Well said; come, let us go. So they went to the city where the man of God was.यसरी तिनीहरू शहरमा गए जहाँ परमेश्वरका मानिस थिए।
11 As they went up the ascent to the city, they found young maidens going out to draw water, and said to them, Is the seer here?शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्रीहरूलाई बाटोमा भेंटे जो पानी भर्न आएका थिइन्। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)
12 They answered them, and said, He is; behold, [he is] before you: make haste now, for he is come today into the city; for the people have a sacrifice today in the high place:ठिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जादै हुनहुन्छ। उहाँ आजै शहरमा आउँनुभयो। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्।
13 as soon as you are come into the city, you shall immediately find him, before he goes up to the high place to eat; for the people will not eat until he come, because he does bless the sacrifice; [and] afterwards they eat who are invited. Now therefore get you up; for at this time you shall find him.कृपया जानुहोस् र उहाँलाई शहरमा भेट्नुहुन्छ। यदि तपाईंहरूले चाँडो गर्नुभयो भने उहाँ दर्शीलाई आराधनालयमा खान जानुभन्दा पहिले भेटिहाल्नुहुन्छ। किनभने दर्शीले बलिदानलाई आशीर्वाद दिनुपर्छ। मानिसहरूले उहाँ त्यहाँ नपुगञ्जेल भोजन ग्रहण गर्दैनन्। यसकारण चाडो जानुहोस्।”
14 They went up to the city; [and] as they came within the city, behold, Samuel came out toward them, to go up to the high place.शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पस्दै थिए, त्यस्तै शमूएल उनीहरूका अघिल्तिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए।
15 Now Yahweh had revealed to Samuel a day before Saul came, saying,एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो,
16 Tomorrow about this time I will send you a man out of the land of Benjamin, and you shall anoint him to be prince over my people Israel; and he shall save my people out of the hand of the Philistines: for I have looked on my people, because their cry is come to me.“भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”
17 When Samuel saw Saul, Yahweh said to him, Behold, the man of whom I spoke to you! this same shall have authority over my people.शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसैले नै मेरो मानिसहरूलाई शासन गर्नेछ।”
18 Then Saul drew near to Samuel in the gate, and said, Tell me, Please, where the seer's house is.शाऊलले मूल-द्वारमा शमूएल कहाँ आएर भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?”
19 Samuel answered Saul, and said, I am the seer; go up before me to the high place, for you shall eat with me today: and in the morning I will let you go, and will tell you all that is in your heart.शमूएलले भने, “म नै दर्शी हुँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु।
20 As for your donkeys who were lost three days ago, don't set your mind on them; for they are found. For whom is all that is desirable in Israel? Is it not for you, and for all your father's house?ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।”
21 Saul answered, Am I not a Benjamite, of the smallest of the tribes of Israel? and my family the least of all the families of the tribe of Benjamin? why then speak you to me after this manner?शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”
22 Samuel took Saul and his servant, and brought them into the guest-chamber, and made them sit in the best place among those who were invited, who were about thirty persons.त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए।
23 Samuel said to the cook, Bring the portion which I gave you, of which I said to you, Set it by you.शमूएलले भान्सेलाई भने, “जो मैले तिमीलाई दिएको थिए त्यो मासु ल्याउनु। त्यो मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेंको थिएँ।”
24 The cook took up the thigh, and that which was on it, and set it before Saul. [Samuel] said, Behold, that which has been reserved! set it before you and eat; because to the appointed time has it been kept for you, for I said, I have invited the people. So Saul ate with Samuel that day.भान्सेले फिला ल्यायो अनि शाऊलको अघि टेबलमा राख्यो। शमूएलले भने, “यो त्यही मासु हो जुन मैले तिम्रो निम्ति सुरक्षित राखेको थिएँ। यो खाऊ कारण यो यस्तै विशेष दिनको निम्ति तिम्रो सम्मानको लागि सुरक्षित राखेको थियो।” यसरी त्यस दिन शाऊलले शमूएलसंगै खाना खाए।
25 When they were come down from the high place into the city, he talked with Saul on the housetop.खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहीं सुतें।
26 They arose early: and it happened about the spring of the day, that Samuel called to Saul on the housetop, saying, Up, that I may send you away. Saul arose, and they went out both of them, he and Samuel, abroad.भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।
27 As they were going down at the end of the city, Samuel said to Saul, Bid the servant pass on before us (and he passed on), but stand you still first, that I may cause you to hear the word of God.शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढदै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिडनु भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिंड्न थाल्यो।
Nepali Bible