Psalm 18:4 मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो।
Psalm 18:4 in Other Translations
King James Version (KJV) The sorrows of death compassed me, and the floods of ungodly men made me afraid.
American Standard Version (ASV) The cords of death compassed me, And the floods of ungodliness made me afraid.
Bible in Basic English (BBE) The cords of death were round me, and the seas of evil put me in fear.
Darby English Bible (DBY) The bands of death encompassed me, and torrents of Belial made me afraid.
Webster's Bible (WBT) I will call upon the LORD, who is worthy to be praised: so shall I be saved from my enemies.
World English Bible (WEB) The cords of death surrounded me. The floods of ungodliness made me afraid.
Young's Literal Translation (YLT) Compassed me have cords of death, And streams of the worthless make me afraid.
Read Full Chapter :
Psalm 18
Cross Reference
भजनसंग्रह 116:3
म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ।
मत्ती 27:24
अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन झन जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
2 कोरिन्थी 1:9
हामीले साँच्चै सोच्यौ आफुमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट उत्थान गराउनु हुन्छ।
भजनसंग्रह 22:16
दुष्ट मानिसहरू “कुकुरहरू” झैं हुन्, जो मेरो चारैतिर छन्। तिनीहरूले मलाई पासोमा पारे। तिनीहरूले मेरा खुट्टा र हातहरू सिहंजस्तै नै चिथोरेका छन्।
भजनसंग्रह 124:4
हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झै र नदीले हामीलाई डुबाए झै पार्ने थिए।
यशैया 13:8
प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।
योना 2:2
उनले भने, “मेरो कष्टको कारणले मैले परमप्रभुलाई प्रार्थना गरें अनि उहाँले मलाई उत्तर दिनुभयो। मृत्युको संसारदेखि म कराएँ, र तपाईंले मेरो बिन्ति सुन्नुभयो।
मत्ती 26:47
जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहुदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहुदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए।
मत्ती 27:39
आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।
मर्कूस 14:33
येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसंग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो।
यशैया 53:3
मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।
2 शमूएल 22:5
मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।
भजनसंग्रह 22:12
मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
मत्ती 26:38
येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दुखै दुखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”
प्रेरित 21:30
यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए।
मत्ती 26:55
तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ।