Bible

Luke 7 - YLT (Nepali)

1 And when he completed all his sayings in the ears of the people, he went into Capernaum;जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो।

2 and a certain centurion's servant being ill, was about to die, who was much valued by him,कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो।

3 and having heard about Jesus, he sent unto him elders of the Jews, beseeching him, that having come he might thoroughly save his servant.जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो।

4 And they, having come near unto Jesus, were calling upon him earnestly, saying -- `He is worthy to whom thou shalt do this,ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ।”

5 for he doth love our nation, and the synagogue he did build to us.'तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”

6 And Jesus was going on with them, and now when he is not far distant from the house the centurion sent unto him friends, saying to him, `Sir, be not troubled, for I am not worthy that under my roof thou mayest enter;यसकारण येशू ती मानिसहरूसंग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, हे प्रभु, तपाईं मोरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन।

7 wherefore not even myself thought I worthy to come unto thee, but say in a word, and my lad shall be healed;यसकारण म आफैं पनि तपाँईकहाँ मानसंगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ।

8 for I also am a man placed under authority, having under myself soldiers, and I say to this `one', Go, and he goeth; and to another, Be coming, and he cometh; and to my servant, Do this, and he doth `it'.'तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”

9 And having heard these things Jesus wondered at him, and having turned to the multitude following him, he said, `I say to you, not even in Israel so much faith did I find;'जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”

10 and those sent, having turned back to the house, found the ailing servant in health.येशूलाई बोलाउन गएका सबै मानिसहरू घर र्फकिए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।

11 And it came to pass, on the morrow, he was going on to a city called Nain, and there were going with him many of his disciples, and a great multitude,अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ संगै गहरहेका थिए।

12 and as he came nigh to the gate of the city, then, lo, one dead was being carried forth, an only son of his mother, and she a widow, and a great multitude of the city was with her.जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।

13 And the Lord having seen her, was moved with compassion towards her, and said to her, `Be not weeping;'जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”

14 and having come near, he touched the bier, and those bearing `it' stood still, and he said, `Young man, to thee I say, Arise;'येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।”

15 and the dead sat up, and began to speak, and he gave him to his mother;त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।

16 and fear took hold of all, and they were glorifying God, saying -- `A great prophet hath risen among us,' and -- `God did look upon His people.'सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”

17 And the account of this went forth in all Judea about him, and in all the region around.उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिंजियो।

18 And the disciples of John told him about all these things,यूहन्नाका चेलाहरुले यी सब घटनाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए।

19 and John having called near a certain two of his disciples, sent unto Jesus, saying, `Art thou he who is coming, or for another do we look?'यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”

20 And having come near to him, the men said, `John the Baptist sent us unto thee, saying, Art thou he who is coming, or for another do we look?'त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”

21 And in that hour he cured many from sicknesses, and plagues, and evil spirits, and to many blind he granted sight.त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो।

22 And Jesus answering said to them, `Having gone on, report to John what ye saw and heard, that blind men do see again, lame do walk, lepers are cleansed, deaf do hear, dead are raised, poor have good news proclaimed;अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।

23 and happy is he whoever may not be stumbled in me.'कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”

24 And the messengers of John having gone away, he began to say unto the multitudes concerning John: `What have ye gone forth to the wilderness to look on? a reed by the wind shaken?जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई?

25 but what have ye gone forth to see? a man in soft garments clothed? lo, they in splendid apparellings, and living in luxury, are in the houses of kings!मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्।

26 `But what have ye gone forth to see? a prophet? Yes, I say to you, and much more than a prophet:साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्।

27 this is he concerning whom it hath been written, Lo, I send my messenger before thy face, who shall prepare thy way before thee;उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छःसुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु। जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।द्भ्य मलकी

28 for I say to you, a greater prophet, among those born of women, than John the Baptist there is not; but the least in the reign of God is greater than he.'तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”

29 And all the people having heard, and the tax-gatherers, declared God righteous, having been baptized with the baptism of John,जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।

30 but the Pharisees, and the lawyers, the counsel of God did put away for themselves, not having been baptized by him.तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।

31 And the Lord said, `To what, then, shall I liken the men of this generation? and to what are they like?“यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्ण गर्नु? तिनीहरू के जस्ता छन्?

32 they are like to children, to those sitting in a market-place, and calling one to another, and saying, We piped to you, and ye did not dance, we mourned to you, and ye did not weep!यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं, हामीले बिलौनाका गीत गायौं तर तिमीहरू रोएनौ।

33 `For John the Baptist came neither eating bread nor drinking wine, and ye say, He hath a demon;बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, उसलाई भूत लागेको छ।’

34 the Son of Man came eating and drinking, and ye say, Lo, a man, a glutton, and a wine drinker, a friend of tax-gatherers and sinners;मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।

35 and the wisdom was justified from all her children.'तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”

36 And a certain one of the Pharisees was asking him that he might eat with him, and having gone into the house of the Pharisee he reclined (at meat),फरिसीहरूमध्ये एकले येशू संगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरष्ठ्वमा गए अनि खानु बसे।

37 and lo, a woman in the city, who was a sinner, having known that he reclineth (at meat) in the house of the Pharisee, having provided an alabaster box of ointment,त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाडामा केही सुगन्धितबस्तु लिएर आई।

38 and having stood behind, beside his feet, weeping, she began to wet his feet with the tears, and with the hairs of her head she was wiping, and was kissing his feet, and was anointing with the ointment.त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।

39 And the Pharisee who did call him, having seen, spake within himself, saying, `This one, if he were a prophet, would have known who and of what kind `is' the woman who doth touch him, that she is a sinner.'त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”

40 And Jesus answering said unto him, `Simon, I have something to say to thee;' and he saith, `Teacher, say on.'येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।”शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!”

41 `Two debtors were to a certain creditor; the one was owing five hundred denaries, and the other fifty;येशूले भन्नुभयो, “त्यहाँ दुईजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए।

42 and they not having `wherewith' to give back, he forgave both; which then of them, say thou, will love him more?'तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”

43 And Simon answering said, `I suppose that to whom he forgave the more;' and he said to him, `Rightly thou didst judge.'शिमोनले भन्यो, “ मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”

44 And having turned unto the woman, he said to Simon, `Seest thou this woman? I entered into thy house; water for my feet thou didst not give, but this woman with tears did wet my feet, and with the hairs of her head did wipe;त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।

45 a kiss to me thou didst not give, but this woman, from what `time' I came in, did not cease kissing my feet;तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई।

46 with oil my head thou didst not anoint, but this woman with ointment did anoint my feet;तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई।

47 therefore I say to thee, her many sins have been forgiven, because she did love much; but to whom little is forgiven, little he doth love.'यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”

48 And he said to her, `Thy sins have been forgiven;'त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”

49 and those reclining with him (at meat) began to say within themselves, `Who is this, who also doth forgive sins?'खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”

50 and he said unto the woman, `Thy faith have saved thee, be going on to peace.'येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गरयो। अब तिमी शान्तिसाथ जाऊ।”

Nepali Bible