Luke 7:16 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”
Luke 7:16 in Other Translations
King James Version (KJV) And there came a fear on all: and they glorified God, saying, That a great prophet is risen up among us; and, That God hath visited his people.
American Standard Version (ASV) And fear took hold on all: and they glorified God, saying, A great prophet is arisen among us: and, God hath visited his people.
Bible in Basic English (BBE) And fear came on all, and they gave praise to God, saying, A great prophet is among us: and, God has given thought to his people.
Darby English Bible (DBY) And fear seized on all, and they glorified God, saying, A great prophet has been raised up amongst us; and God has visited his people.
World English Bible (WEB) Fear took hold of all, and they glorified God, saying, "A great prophet has arisen among us!" and, "God has visited his people!"
Young's Literal Translation (YLT) and fear took hold of all, and they were glorifying God, saying -- `A great prophet hath risen among us,' and -- `God did look upon His people.'
there came
ἔλαβεν
lambanō
lahm-VA-noh
And
δὲ
de
thay
a fear
φόβος
phobos
FOH-vose
on all:
ἅπαντας,
hapas
A-pahs
and
καὶ
kai
kay
they glorified
ἐδόξαζον
doxazō
thoh-KSA-zoh
τὸν
ho
oh
God,
θεὸν
theos
thay-OSE
saying,
λέγοντες
legō
LAY-goh
That
ὅτι
hoti
OH-tee
prophet
Προφήτης
prophētēs
proh-FAY-tase
a great
μέγας
megas
MAY-gahs
is risen up
ἐγήγερται
egeirō
ay-GEE-roh
among
ἐν
en
ane
us;
ἡμῖν
hēmin
ay-MEEN
and,
καὶ
kai
kay
That
ὅτι
hoti
OH-tee
hath visited
Ἐπεσκέψατο
episkeptomai
ay-pee-SKAY-ptoh-may
ὁ
ho
oh
God
θεὸς
theos
thay-OSE
τὸν
ho
oh
people.
λαὸν
laos
la-OSE
his
αὐτοῦ
autos
af-TOSE
Read Full Chapter :
Luke 7
Cross Reference
मत्ती 9:8
मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
लूका 7:39
त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”
लूका 1:68
इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
यर्मिया 33:9
जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।
मत्ती 15:31
लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिडन नसक्नेहरू फेरि हिडन सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए।
मत्ती 21:11
येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”
प्रस्थान 4:31
मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।
लूका 2:20
गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
लूका 5:26
सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”
लूका 1:65
अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले।
भजनसंग्रह 65:9
तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
भजनसंग्रह 106:4
हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ मलाई पनि बचाउनु पर्छ भन्ने संम्झनु होस्।
प्रेरित 3:22
मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। उ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ।
प्रेरित 5:5
जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए।
मत्ती 28:8
त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घटनाको विषयमा सुनाउन दगुरे।
प्रेरित 7:37
उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।
गलाती 1:24
यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
प्रेरित 5:11
जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घटनाहरू सुनैपछि सबै भयग्रस्त भए।
लूका 5:8
थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए।
लूका 8:37
गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।अनि उहाँ एउटा डुङ्गामा चढनु भयो अनि गालीलतर्फ जानु भयो।
लूका 9:19
चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”
लूका 19:44
तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्नेछ कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”
लूका 24:19
येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घटनाहरू?” तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो।” उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो।
यूहन्ना 1:21
यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।”यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?”यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”
यूहन्ना 1:25
तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”
यूहन्ना 4:19
त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ।”
यूहन्ना 6:14
येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।
यूहन्ना 7:40
मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, “यो मानिस साँच्ची नै अगमवक्ता हो।”
यूहन्ना 9:17
यहूदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्यो अनि तिमीले देख्न सक्यौ। तिमी उसको बारेमा के भन्छौ?”त्यस मानिसले उत्तर दिए, “उहाँ एउटा अगमवक्ता हुनुहुन्छ।”