Isaiah 46:11 अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। उ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।
Isaiah 46:11 in Other Translations
King James Version (KJV) Calling a ravenous bird from the east, the man that executeth my counsel from a far country: yea, I have spoken it, I will also bring it to pass; I have purposed it, I will also do it.
American Standard Version (ASV) calling a ravenous bird from the east, the man of my counsel from a far country; yea, I have spoken, I will also bring it to pass; I have purposed, I will also do it.
Bible in Basic English (BBE) Sending for a bird of strong flight from the east, the man of my purpose from a far country; I have said it, and I will give effect to it; the thing designed by me will certainly be done.
Darby English Bible (DBY) calling a bird of prey from the east, the man of my counsel from a far country. Yea, I have spoken, I will also bring it to pass; I have purposed it, I will also do it.
World English Bible (WEB) calling a ravenous bird from the east, the man of my counsel from a far country; yes, I have spoken, I will also bring it to pass; I have purposed, I will also do it.
Young's Literal Translation (YLT) Calling from the east a ravenous bird, From a far land the man of My counsel, Yea, I have spoken, yea, I bring it in, I have formed `it', yea, I do it.
Read Full Chapter :
Isaiah 46
Cross Reference
गन्ती 23:19
परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।
यशैया 41:2
निम्न प्रश्नहरूका मलाई उत्तर देऊ जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो? धार्मिकता उसँग हिंड्दछ। उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ। तिनीहरू धूलोको जस्ता हुन्छन्। उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।
भजनसंग्रह 119:24
तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।
अय्यूब 23:13
तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
एफिसी 3:11
युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो।
यशैया 14:24
सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।
एफिसी 1:11
परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ।
यशैया 45:13
मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस। अनि मैले उसको कामहरू सहज पारिदिए। कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ। अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ। कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्। मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्। मानिसहरू स्वतन्त्र हुनेछन् अनि मेरो लागि त्यसको मूल्य केही पनि होइन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।
यशैया 48:14
“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अहँ।” त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।
यर्मिया 50:29
काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।
यर्मिया 50:45
बाबेलको विरूद्ध परमप्रभुको रच्नुभएको योजना सुन। बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ र परमप्रभुले तिनीहरूको चरणभूमि सम्पूर्ण ध्वंस पार्नु हुनेछ।
एज्रा 1:2
“फारसका राजा कोरेस यो भन्नुहुन्छःपरमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।
इजकिएल 39:4
तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु।
प्रेरित 4:28
यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।
प्रेरित 5:39
तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।”गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।
यर्मिया 51:20
परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
भजनसंग्रह 76:10
हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।
यशैया 13:2
“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
यशैया 21:7
यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊटहरूको लहर देख्यो, उसले एकदम होशीयारी साथ कान थाप्नु पर्दछ।”
यशैया 38:15
के म भन्न सक्छु? के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो। अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ। यस्तो विपत्तिहरू मेरो आत्मामा थिदै थियो यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।
यशैया 41:25
“मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु। उ पूर्वबाट आइरहेकोछ जहाँबाट सूर्य उदाउँछ। उसले मेरो आराधना गर्छ। एकजना कुमाले जसले भाँडा बनाउँछ, हिलो माटोमा हिडँछ। त्यस्तै प्रकारले त्यो मानिस राजाहरूलाई मिचेर हिँड्छ।”
यशैया 44:28
परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला, तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु। तिमीले यरूशलेमलाई भन्नेछौ “तिमी पुन निर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुननिर्माण हुनेछ।”‘